चितवन । परिचय नखुलेका एक युवक नारायणी पुलबाट नदीमा हामफालेर बेपत्ता भएका छन । वडा प्रहरी कार्यालय नारायणगढका अनुसार बिहान सवा ११ बजेको समयमा १८ , १९ बर्षको देखिने एक पुरुष हामफालेका हुन् । हाम फाल्ने वित्तिकै बटुवाहरुले देखेर प्रहरीलाई खबर गरेपनि पानी धमिलो भएको कारण ती पुरुषलाई उद्धार नगरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए ।
‘हामीले हामफालेको केही मिनेटमा उद्धारको लागि नदीमा पस्यौं उनले भने, तर पानी धमिलिएका कारण उसलाई देख्नै सकिएन ।’ प्रहरीले सांँढे सांँझ पांँचबजेसम्म डुंगासहितको उद्धार टोली लिएर खोजतलास गरेपनि भेटउन नसकिएको जनाएको छ । भोलि बिहानदेखि पुनः खोजी कार्य जारी राखिने प्रहरी निरीक्षक विष्टले बताए ।
हामफालेका पुरुषको नारायणी पुलबाट हिडिरहेको फोटो भने सिसीटीभी फुटेजबाट निकालेर प्रहरीले सार्वजनिक गरेको छ ।








