चितवन । चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुरबाट १३ जना जुवाडे पक्राउ परेका छन । शनिवार राती २२ः१० बजे क्षेत्रपुर स्थित सुगम पियाको घरमा नगद पैसाको हारजित हुनेगरी जुवा (तास) खेलिरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका २ बस्ने घरधनी सुगम पिया, सोही ठाँउका राजेन्द्र कसाई, भरतपुर ११ का पदम तामाङ, भरतपुर २ का रोशन खड्का, विजय गुरुङ, सुर्य बोहोरा, मनिज कुमार, बद्री बोहोरा, भरतपुर ७ का राम बहादुर मगर, भरतपुर ११ का रमेश प्रजापती, भरतपुर ३ का विनोद खड्की, भरतपुर १२ का आशिष गुरुङ र गैडाकोट नवलपुरका नवराज क्षेत्री रहेका छन ।
उनिहरुको साथबाट १ बुक तास नगद रु। २ लाख ३२ हजार ६ सय ८० सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवन ले जनाएको छ ।








