• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

ठुलो भएर प्रहरी बन्ने सपना बोकेका शिशिर अस्पतालमा मृत्युसंग लड्दै

  •   सोमबार, असार १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर ७ नारायणपुर चोकका १० वर्षिय शिशिर कुंवर यतिबेला चितवन मेडिकल कलेज (सिएमसी) को दोस्रो तल्लाको पिआइसियु कक्षमा उपचाररत छन् । डाक्टरका अनुसार शिशिरको कलेजोमा समस्या देखीएको छ ।

    आजभन्दा २–३ वर्ष अगाडीदेखी पेट दुख्ने समस्या झेल्दै आएका शिशिरका बुबा आमालाई त्यतिबेला भने पेट दुखाई ठुलोे समस्या लागेन । खानाको कमजोरी या ग्याष्ट्रिकको समस्याले होला भन्दै उनलाई पानी धेरै खुवाउन र सामान्य मेडीकलमा जाँच गराएर ग्याष्ट्रिकको औषधि खुवाएर राखियो ।
    ʻकाम कुरो एकातिर कुम्लो बोकी ठिमी तिरʼ भनेजस्तै उनको पेट दुखाईको समस्या एकातिर भएकाले उनलाई सामान्य पेट दुखाईको औषधिले भेटेन ।

    जाँच पछि केही समय त निको हुन्थ्यो तर भित्री पिडा अर्कै भएकाले अहिले उनी अस्पतालको बेडमा मृत्युसंग लडिरहेका छन् । कहिले चितवनकै सरकारी अस्पताल कहिले काठमाण्डौंको कान्ती बाल अस्पताल, टिचिङ अस्पताल सम्म लगातार धाउन थालेको २ महिना भन्दा धेरै भइसकेको छ । केही समय अगाडी भतरपुर सरकारी अस्पतालमा उपचार गराउँदा पत्थरीको आशंका गरी ६ महिना पछि आउनुस् भन्दै डाक्टरले पठाएपनि शिशिरको छटपटि भने कम भएन । आमाको मन न हो यत्तिकै पर्खिएर बस्न किन मान्थ्यो र । छोराको पेट दुखाइमा कमी नभएपछि शिशिरकी ३५ वर्षिया आमा सिता कुंवरले उनलाई काठमाण्डौं लगिन् । काठमाण्डौंको कान्ती बाल अस्पताल लैजाने सुझाव भने भरतपुर अस्पतालले नै दिएको थियो ।

    मजदुरी गरी जिविकोपार्जन गर्दै आएका शिशिरको आमासंग छोरालाई बोकेर काठमाण्डौं जाँदै गर्दा साथमा १० हजार रुपैंया भन्दा थिएन । त्यहाँ गएर लामो समय उपचार त के रगत, दिसा , पिसाब जाँच गराउंदैमा लगेको पैसा सकियो । त्यहाँबाट उनीहरु फोक्सोमा पानी सुकेको र पानीको मात्रा बढाउन सकेमा निको हुन सक्ने आश्वासनको साथमा फर्किए ।

    तर फेरी केही दिनमै शिशिरको शरिर भित्रको व्यथा बल्झीयो । त्यसपछि असारको पहिलो सातादेखी चितवन मेडिकल कलेजको पिआइसियुमा शिशिरको उपचार भैरहेको छ । अस्पतालले उपचारका लागि करिब १५–२० लाख रुपैंया लाग्ने बताएको छ । शिशिरलाई बचाउनको लागि उनको शरिरमा कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । १५–२० लाख त्यसैको लागि जोहो गर्नुपर्ने रकम हो । यसका अलवा प्रत्यारोपण गर्दा हुने अप्रेसनको खर्च १० भने अस्पतालले व्यहोर्ने बताइएको छ ।

    यतिबेला शिशिरको आमा बुबासंग उनको उपचारका लागि लाग्ने खर्च जुटाउन त के दैनिक आवश्यकका औषधि किन्न पनि पैसा छैन । अहिलेसम्म केही मानिसहरुले व्यक्तिगत रुपमा गरेको केही आर्थिक सहयोगले नै जेनतेन खर्च चलिरहेको छ । तर जतिसक्दो छिटो पैसा जुटाएर कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरहरु बताउंछन् । ७–८ वर्षको उमेर सम्म निकै तन्दुरुस्त देखीने शिशिर अहिलेकहिले निको भएर घर जान पाउँला भन्दै अस्पतालको बेडमा सहयोगी हातको पखाईमा छन् ।

    असार ५ गते बिहान सम्म खाजा, खाना खांदै हाँस्दै खेल्दै गरेका शिशिरले त्यसदिन एक्कासी पेट दुखे पछि त्यसयता सलाइन पानीको भरमा दिन कटाइरहेका छन् । खाना पचाउने पाचन प्रणाली कमजोर हुंदा उनले पानी र कहिलेकाँही निल्न सक्ने जुसको भरमा बाँच्नु परेको हो । यहि असारको २६ गते ११ वर्ष पुग्दै गरेका बिरामी शिशिरको धेरै सपनाहरु छन् ।

    उनी बोल्न सक्ने भएका बेला आफ्नी आमालाई आफु बाँचेर धेरै काम गर्ने भन्दै आश्वासन समेत दिन्छन् । बाँच्न मात्रै पाए ठुलो भएर धेरै पैसा कमाउने, २ तलाको घर बनाउने अनि आमालाई सुखसंग पाल्ने सपना छ । ʻमलाई केही भएको छैन, यत्ति पेट दुखेको मात्रै त होनी, निको भैहाल्छ नि आमाʼ भन्छ छोराले भन्दै सीता कुंवर रुंदै शिशिरको सपना सुनाउंछिन् । निको भएपछि कि त पुलिस कि त ड्राइभर बन्ने शिशिरको लक्ष्य छ । जहाँ गाह्रो त्यहाँ झन साह्रो भनेजस्तै भएको छ कुंवर परिवारलाई । आफ्नो छोराको उपचारमा मनकारी मनहरुले सहयोग गरेर जीवन रक्षा गरिदिनका लागि उनले आग्रह गरेकी छन् ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.