चितवन । भरतपुर महानगर पालिका वडा नम्बर १ स्थित रामनगर पुष्पवाटीकामा ग्रीनबेल्ट र बोटानिकल गार्डेन बनाउने उद्धेश्य सहित वृक्षारोपणको शुभारम्भ गरिएको छ । उक्त बृक्षारोपणको शुभारम्भ पूर्व प्रहरी नायब महानिरीक्षक तथा पतञ्जली योग समिति नेपालका संरक्षक प्रमुख अतिथि ज्ञानेन्द्र बिक्रम महतले गर्नुभएको हो ।

शुभारम्भ पछि बोल्दै महतले यस क्षेत्रको वातावरणलाई स्वच्छ हरियाली राख्ने उद्धेश्यले विभिन्न प्रकारका फलफूल, जटीबुटी को बृक्षारोपण गर्न लागिएको बताउनु भयो । यो पुष्पवाटीकाले यसअघि पनि उत्कृष्ट कार्य गरेको छ , उहांँले भन्नुभयो अब ग्रीनबेल्ट अवधारमा बृक्षारोपण गरी देशकै नमुना वगैंचा बन्ने विश्वास छ ।
यसका लागि स्थानीय , समाजेवी लगायतले सहयोग गरेको भन्दै उहांँले आभार व्यक्त गर्नुभयो । सतनचुली सामुदायिक वन अन्तर्गत एक विघा क्षेत्रफलमा रोप्न लागिएको उक्त क्षेत्रमा ७५० वटा जडीबुटी र फलफूलका विरुवा रोपिनेछ । यसका लागि नारायणगढ का समाजसेवी प्रेमकुमार श्रेष्ठले सहयोग गर्नुहुने पुष्पवाटीका व्यवस्थापन समितिका प्रमुख संरक्षक तारा कुंँवरले बताउनु भयो ।

उहांँका अनुसार यस पुष्पवाटीकामा आजदेखि बृक्षारोपण गरिने र असार भित्र रोपी सकिनेछ । फलफूल र जडीबुटीका विरुवा रोपेपछि यस क्षेत्रको वातावरण हरियाली , स्वच्छ हुनुका साथै बांँदर तथा पंक्षीलाई फलफूल समेत सहजै उपलब्ध हुने कुंँवरले बताउनु भयो । यसका लागि स्थानीय , व्यवस्थापन समिति लागि रहेको उहांँले बताउनु भयो ।
कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्य, नेपाली कांँग्रेस चितवनका उपसभापति राजेश्वर खनाल, नेपाली कांँग्रेसका क्षेत्र नम्बर २ का सभापति एवं समाजसेव टंकनाथ पौडेल लगायत अन्य स्थानीयहरुको सहभागिता रहेको थियो । पुष्पवाटिकामा हाल फलफूलको बगैंचा, चिल्ड्रेन पार्क, वाटर फाउन्टेन र विश्रामस्थल निर्माण ,आकर्षक मितेरी पुल, बालउद्यान लगायतका संरचना छन ।








