• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

ग्राफिक मार्ग प्रा.लि ले प्राप्त गर्यो रजिष्ट्रार कार्यालयको आधिकारिक सेवा केन्द्रको अनुमति पत्र

  •   बुधबार, असार १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रा.लि.लाई नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले आधिकारिक अनुमति पत्र प्रदान गरेको छ । नेपालका जुनसुकै ठाउँका कम्पनीहरु दर्ता गर्ने देखि खारेजी गर्ने सम्मका सम्पूर्ण कामहरु गर्नको लागि आधिकारिक सेवा केन्द्रको अनुमती पत्र (लाईसेन्स) दिएको हो । सेवा केन्द्र स्थापनाको लागि धेरै संस्थाहरुले आवेदन पेस गरेकोमा ग्राफिक मार्ग प्रा.लि. लगायत २ वटा कम्पनीहरुको मात्र योग्यता पुगेकोले कम्पनी रजिष्ट्रार कार्यालयले उक्त लाईसेन्स प्राप्त भएको हो ।

    हाल सम्म गरेका कम्पनी सम्बन्धी कामहरु र सञ्चालकहरुको आवश्यक कानुनी कागजपत्रहरु सहित पेस गरेको निवेदनको आधारमा अवश्यक जाँचबुझ गरी योग्य संस्थालाई मात्र कम्पनी रजिष्ट्रार कार्यालयले सेवा केन्द्रको अनुमती प्रदान गरेको हो । ग्राफिक मार्ग प्रा.लि. सहित अब कम्पनी रजिष्टार कार्यालयको नेपालभर जम्मा १९ वटा सेवा केन्द्र स्थापना भएका छन् । आफ्नो कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरुको आधारमा काम गर्दै आएकोमा ग्राफिक मार्ग प्रा.लि. कम्पनी रजिष्टारको कार्यालयमा गत २०७५ फागुन २७ गते दर्ता भई २०७६ बैशाख ४ गतेबाट कम्पनी दर्ता सम्बन्धी कामहरु औपचारिक रुपमा सुरुवात गरेको थियो ।

    २ वर्षको अन्तरालमा हाल सम्म २४८ वटा नयाँ कम्पनी दर्ता र १६३ वटा पुराना कम्पनी तथा कर भ्याट सम्बन्धी कामहरु गरिसकेको ग्राफिक मार्ग प्रा.लि. ले आगामी आ.व. मा झण्डै २४० वटा नयाँ कम्पनी दर्ता २७५ वटा पुराना कम्पनीहरुको काम गरि सेवा प्रदान गर्ने लक्ष्य लिएको प्रबन्ध निर्देशक जनक खड्काले बताउनुभयो । हाल प्रदान गरेको सेवा केन्द्र ग्राफिक मार्ग प्रा.लि.को सहकार्यमा यो कोरोनाको माहामारी साम्य भए लगतै बागमती प्रदेश भित्रका सम्पूर्ण कम्पनी सञ्चालकहरुलाई समेट्ने गरी चितवनमा कम्पनी दर्ता, देखि खारेजी सम्मका कम्पनी सम्बन्धी जानकारी तथा लगानीकर्ता संरक्षण कोष सम्बन्धी जानकारी आम जनसमुसदायलाई सु–सुचित गराउने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिने कम्पनी रजिष्ट्रार कार्यालका रजिष्ट्रार प्रदिपराज अधिकारीले बताउनुभयो ।

    कम्पनी सम्बन्धी सेवालाई छिटो छरितो र भरपर्दो रुपमा प्रबाह गर्नको लागि, नेपालका जुनसुकै ठाउँका कम्पनीहरु दर्ता गर्न तथा कम्पनी सम्बन्धी पुराना कामहरु समेत गर्नको लागि चितवनको ग्राफिक मार्ग प्रा.लि.को योग्यता पुगेकोले कम्पनी रजिष्ट्रार कार्यालयको सेवा केन्द्र सञ्चालनको लागि अनुमती दिएको समेत उहांँले बताउनुभयो । कम्पनी रजिष्ट्रार कार्यालयले सेवा केन्द्र सञ्चालनको लागि ग्राफिक मार्ग प्रा.लि. ले हाल सम्म गरेको कम्पनी सम्बन्धी काम र कानुनी कागजपत्रहरुको आधारमा विश्वास गरेर आधिकारिक सेवा केन्द्रको लाईसेन्स प्रदान गरेपछि आफुहरुमा झन धेरै जिम्मेवारी बढेको प्रबन्ध निर्देशक खड्काले बताउनुभयो ।

    प्रबन्ध पत्रमा भएको उद्देश्यको आधारमा कम्पनी सम्बन्धी कामहरु गर्दै गर्दा पनि धेरै कम्पनी सञ्चालकहरुले विश्वास गरेर यति धेरै कम्पनीहरुलाई सेवा गर्ने अवसर मिलेको थियो भने झन अब कम्पनी रजिष्ट्रारको कार्यालयले सेवा केन्द्र सञ्चालनको लागि अनुमति प्रदान गरेपछि सेवाग्राहीको चाप दोब्बर हुने अपेक्षा कमपनीको छ । र सोही अनुसार ब्यवस्थापनको तयारीमा रहेको सहायक ब्यवस्थापक लक्ष्मी पोख्ररेलले जानकारी गराउनुभयो ।

    कम्पनी रजिष्ट्रार कार्यालय काठमाण्डौबाट हुने कम्पनी सम्बन्धी सम्पुर्ण कामहरु गर्नुको साथै, आन्तरिक राजश्व कार्यालयबाट हुने कर भ्याट सम्बन्धि काममा कम्पनी सञ्चालहरुलाई सहजिकरण गरिदिने र लेखा सम्बन्धी सम्पूर्ण कामहरु समेत गर्दै आएको ग्राफिक मार्ग प्रा.लि.ले विभिन्न किसिमका आकर्षक डिजाईन, साधा तथा रङ्गीन छपाई, भिजिटिङ कार्ड छपाई, क्यालेण्डर छपाईलगायत छपाई सम्बन्धि सम्पुर्ण काम गर्दै आएकोमा यसै आ.व. देखि ग्राफिक मार्ग प्रा.लि.को नेतृत्वमा प्रेस (छापाखाना) समेत सञ्चालन गर्ने तयारीमा रहेको साहयक ब्यवस्थापक पोख्रेलले जानकारी दिनुभयो ।

    चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको ग्राफिक मार्ग प्रा.लि.ले दाङको बिजौरी, नवलपुरको कावासोती, धनुषाको जनकपुर, काठमाण्डौको त्रिपुरेश्वर र तनहुँको दमौलीमा समेत गरी ५ वटा सम्पर्क कार्यालयहरु सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएकोमा अब केहि समय पछि बुटवल र नेपालगञ्जमा समेत सम्पर्क कार्यालय स्थापना गरि सम्बन्धीत क्षेत्रका कम्पनी सञ्चालकहरुलाई सेवा दिने योजना समेत बनाएको छ ।

    नेपालका जुनसकै क्षेत्रको कम्पनी दर्ता देखि खारेजी गर्ने सम्मका कामहरु गर्नको लागि आफु मात्र आधिकारीक सेवा केन्द्र भएको दाबी गर्दै प्रबन्ध निर्देशक खड्काले सम्पूर्ण कम्पनी सञ्चालहरुलाई एक पटक ग्राफिक मार्ग प्रा.लि. मार्फत सेवा लिन आह्वान गर्नुभएको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.