गैँडाकोट । अविरल वर्षाका कारण आएको बाढीले पूर्व पश्चिम राजमार्गको गैँडाकोट खण्डमा डाइभर्सन बगाउँदा राजमार्ग पूर्ण ठप्प छ । मोटरसाइकल वारपार हुनेगरी केही व्यवस्था मिलाइएको डाइभर्सनमा ट्याक्टर फसेपछि अहिले त्यो पनि ठप्प रहेको सशस्त्र प्रहरी पितौजीका डिएसपी विरभद्रनाथले जानकारी दिनुभयो ।
उहाँका अनुसार विहान ८ बजेसम्म सवै सवारी पास हुनेगरी डाइभर्सन तयार हुने जानकारी दिनुभयो । पानी परेन भने एकतर्फि भएपनि सवारी वारपार हुनेगरी काम हुने उहाको भनाई छ । पूर्व पश्चिम राजमार्ग २२ घण्टा सम्म ठप्प हुँदा पनि सवारी वारपार गराउनेगरी विशेष पहल नभएको भन्दै सवारी चालकहरुले गुनासो गरेका छन् ।
ठूला सवारी वारपार गर्न नपाउँदा लामो जाम भएको छ । सवारीको जाम गैँडाकोट ४ टाइमफर्मा सम्म आइपुगेको छ । हिजो विहान ८ बजेदेखि अवरुद्ध राजमार्ग अझै पूर्ण संचालनमा आउन नसकेपछि डाइभर्सन निर्माण गरी संचालनमा ल्याउन इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी पितौजी, आयोजनाका कर्मचारी खटिएका छन् ।








