काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दामा शुक्रबारको सुनुवाइ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्माको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईं बहस सुरु गरेका छन् ।
अब बहसका लागि डेढ घण्टा मात्र समय बाँकी रहेको छ। बिहीबारदेखि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवासीले बहस थालेका हुन्। प्रधानमन्त्रीका कानुन व्यवसायीको बहसपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् ।
उनीहरुलाई एक घण्टा समय दिइएको छ। त्यसपछि सर्वोच्च र नेपाल बारबाट झिकाइएका एमिकस क्युरीले राय दिनेछन्। उनीलाई २ घण्टा दिइनेछ। अन्त्यमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। यसका लागि उनीहरूलाई ३ घण्टा समय दिइनेछ।








