चितवन । पहिरोको कारण अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड बेलुका सम्म सुचारु गराउने उद्देश्यले पहिरो हटाउने काम जारि रहेको छ।
पहिरो पन्छाउने काम भइरहेकोले सडक सुचारु हुन अझै समय लाग्ने भएको हो ।इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
चार किलोमा खसेको ठुलो पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए ।थापाका अनुसार अहिले ३ वटा डोजरले पहिरो पन्छाउने काम गरिरहेको छ ।
ठुलो पहिरो खसेकोले हटाउन अझै कम्तीमा ४ घण्टा समय लाग्ने उनले बताए । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत नै कालीखोला लगायातका केही स्थानमा पनि स-साना पहिरोहरु खसेको उनले बताए ।
उता दासढुङ्गा नजिकै १४ किलो भन्ने स्थानमा भने सडक एकतर्फी सञ्चालनमा छ । बिहीबार राति ठूलो ढुङ्गा पहाडबाट सडकमा खसेको थियो।








