चितवन । मुग्लिन नारायणगढ सडक दुइतर्फी संचालनमा आएको केहि समयमै सोही ठाउँमा पहिरो गएपछि अहिले पुन दुइतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । असार १८ गते राति सडकखण्डको भरतपुर २९ सेतीदोभानमा पहिरो खसेपछि अवरुद्ध सडक हिजो विहान एकतर्फी संचालनमा आएको थियो ।
तर पुन सोही ठाउँबाट पहिरो खसेपछि गएराति देखि अवरुद्ध सडक साँढे २ बजेबाट दुइतर्फी संचालनमा आएको थियो । तर केहीवेर संचालनमा आएर पुन सडक अवरुद्ध भएको हो । दुइतर्फी सवारी रोकिदा अहिले सवारीको लामो जाम छ । पहिरो हटाउन बिहान देखि डोजर, ब्रेकर र जेसिबी प्रयोग भएको थियो ।
उक्त पहिरो पन्छाई सवारी साधन दुई तर्फी सुचारू भएतापनि पहिरो सोरेको ठाउँमा माथिबाट ढुङ्गा र पहिरो खसिरहेपछि पुन बाटो दुइतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य भने जारी रहेको प्रहरीले जानकारी दिएको छ ।








