चितवन । असार ११ गते अपहरणमा परेर हराइरहेकी सुजीता भण्डारीको आइतबार स्थानीय सामुदायिक वनमा शब भेटिएपछि स्थानीय बासी आक्रोशित भएका छन । आक्रोशित स्थानीय कारण राप्ती नगरपालिका तनाव ग्रस्त भएको छ ।
उनीहरुले मरेपछि को प्रहरी चाहिंँदैन, सुजीतालाई न्याय दे न्याय दे । भनेर प्रदर्शन गरेका छन । सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन । भने पुर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।








