चितवन। सेवाग्राही संग पाँच लाख रुपैयाँ घुस लिएको आरोप सहितको समाचार प्रशारण भएपछि विवादमा तानिएका भरतपुर महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष विजय भुजेलले आज विहान पत्रकार सम्मेलन गरेका छन् । उनले पत्रकार सम्मेलनमा एकल महिलाको भत्ता नपाएको झोकमा र राजनितिक प्रतिसोधका कारण आफुलाई झुटो आरोप आएको बताए।
उनले वडा सदस्यहरुले आफुलाई वेवास्ता गरेर एकलौटि निर्णय र काम गर्ने गरेको आरोप केन्द्रको राजनितिक प्रभाव भएको बताए। आज बिहान पत्रकार सम्मेलनमा पेस गरिएको मिलापत्र र समाचार प्रशारण हुदाँ प्रेस गरिएको मिलापत्रमा भिन्नता भेटिएको छ । आज सार्वजनिक भएको नयाँ मिलात्रमा १३ लाख नगद र ७ लाख चेक दिएको उल्लेख गरिएको छ ।
नयाँ मिलापत्रमा नवलपुर गैडाकोटका जियन महतो र भरतपुर २५ का राजु श्रेष्ठको हस्ताक्षर समावेश गरिएको छ भने पुरानो मिलापत्रमा भरतपुर २५ कि विन्दा महतो , भरतपुर २५ का वडा सदस्य कमल बहादुर गोदार र वडा अध्यक्ष बिजय कुमार भुजेलको हस्ताक्षर गरिएको छ। पत्रकार सम्मेलनमा रकम हस्तान्तरणमा गरेको रकम विवरण फरक पारिएको छ ।
एउटै मितिमा गरिएको २ वटा तमसुकमा फरक फरक विवरण पेश गरिएको छ । पिडित आशा गुरौ र छोरा लिलाराज गुरौले पत्रकार सम्मेलनमा बोली फेरेका छन् । पत्रकार सम्मेलनमा आफुले वडा अध्यक्षलाई पाँचलाख रुपैयाँ दिएको भन्दै अएकी आशा चौधरीले एकल महिलाको भत्ता नपाएको झोकमा वडा अध्यक्षलाई आरोप लगाएको स्वीकार गर्नुभएको छ ।उहाँ आफै उपस्थित भएर भनेकि छन् “म शारीरिक र मानसिक तवावका थिए ।पाठेघरको समस्या भएपछि लामो समय अस्पतालमा लामो समय वसेर अप्रेशन पनि गरे ।
मलाई एकल महिला भत्ता आएको भए सजिलो हुने थियो । पैसाको अभाव हुदा भत्ता प्रक्रिया पनि छिटो हुन्छकी भनेर महिले वडा अध्यक्षमाथि आरोप लगाएकी हुँ ।” त्यस्तै छोरा लिलाराज गुरौले आफुले १३ लाख नगद दिएको र ७ लाख चेक दिएको बताएका छ । वडा अध्यक्ष विजय भुजेलले भने यो आरोप निराधार रहेको दावी गरेकाछन् ।
आफुले आमा छोरा विच विवाद मिलाउन मध्यस्थता गरेको भएपनि रकम नलिएको बताउछन् । त्यस्तै भरतपुर २५ का ४ जना वडा सदस्यले वडा अध्यक्ष विजय भुजेलको राजिनामाको माग गरेका छन् । उनीहरूले समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै सो समाचार सत्य रहेको र नाता प्रमाणित गर्दा यति धेरै रकम लिने विषयको कुराले वडा अध्यक्षको नियत प्रष्ट भएको बताएका छन् ।









