काठमाडौं । सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ । बिहिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
थापाको बढुवा समितिको सिफारिसअनुसार बढुवा भएको हो । केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप गरिएको थियो ।








