चितवन । चितवनमा आजदेखी सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आजदेखी जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने जानकारी दिए । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सार्वजनिक सवारी साधन चल्न पाउनेछन् ।
ति सार्वजनिक यातायातले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्दै सिट क्षमता भन्दा बढी यात्रु चढाउन नपाउने प्रजिअ लामिछानेले बताए । सबै यात्रुले अनिवार्य मास्क लगाउन पर्नेछ भने मास्क नलगाउनेलाई सवारी साधनमा प्रवेश गर्न पाउने छैनन् ।
चालक तथा सह चालकले मास्क र भाईजर अनिवार्य लगाउनु पर्नेछ भने सवारी साधनको ढोकामा सेनिटाइजर राख्नु पर्नेछ । यस्तै सवारी साधन दैनिक निसंक्रमण गर्नुपर्नेछ ।








