चितवन । बिहानैदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
ईच्छाकामना गाउँपालिका –६ कालीखोलामा पहिरो खस्दा अवरुद्ध भएको सडक दिउँसो ३:३५ बजेबाट एक तर्फी खुलेको हो । आज बिहान ४:३० बजे कालीखोलामा माथिबाट सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक ११ घण्टा पछि रुपमा खुलेको हो । सडक खुले पनि सवारी साधनको लामो जाम रहेकोले सहज हुने केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिराका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक पटक अबरुद्ध हुँदै आईरहेको छ ।








