चितवन। चितवन ग्रिन लियो क्लबको छैठौं वार्षिकोत्सब तथा पद हस्तान्तरण कार्यक्रम मंगलबार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२०/२१ का अध्यक्ष बिकास मिश्रले वर्ष २०२१/२२ का अध्यक्ष लियो सुवर्ण खरेललाई पद हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा चितवन ग्रिन लियो क्लबका संस्थापक अध्यक्ष लियो , लायन रोषन पौडेलले वर्ष २०२१/२२ को कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली सार्वजनिक गरेका थिए । कार्यक्रममा पुराना ६ जना चाटर मेम्बरहरुलाई सम्मानपत्रले सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन भोज बहादुर खड्काले समाज रुपान्तरणमा लियो क्लबको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले सानो प्रयासले ठूलो प्रतिफल दिन सक्ने बताए । लियो क्लबले युवाहरुलाई सामाजिक कार्यमा जोडेको उनको भनाइ थियो । उनले कोभिड–१९ महामारीमा पनि चितवन ग्रिन लियो क्लबले उदाहरणीय कार्य गरेको बताए ।
कार्यक्रममा लियो डिष्ट्रिक ३२५ बि टु नेपालका डिष्ट्रिक एडभाइजर लायन देबेन्र्द राज रेग्मी, चितवन ग्रिन लायन कल्बका वर्ष २०२०/२१का ई लायन सुमन कोइराला , लियो डिष्ट्रिक ३२५ बी २ नेपालका एक्जिक्युटिभ सेक्रेटरी लियो पुरुषोत्तम सुवेदी लगाएतको उपस्थिति रहेको थियो भने लियो हरि पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।









