चितवन । चोरीको घटनामा न्यून बृद्धि जिल्लामा आर्थिक बर्ष ०७६,०७७ को तुलनामा आर्थिकबर्ष ०७७ , ०७८मा चोरीको घटनामा न्यून बृद्धि भएको पाईएको छ ।
कार्यालयले दिएको तथ्यांक अनुसार अघिल्लो आर्थिक बर्षमा ६० वटा चोरीका घटना भएका थिए । उक्त बर्षमा चोरीको घटनामा ९८ जना व्यक्तिलाई पक्राउ गरेको थियो । उक्त घटनामा ९६ जना पुरुष र दुईजना महिला संलग्न थिए । गत आर्थिक बर्षको ज्येष्ठ मसान्तसम्म ११ महिना सम्म चोरीको संख्या बढेर ६८ वटा पुगेको छ ।
गतबर्षमा चोरीको घटनामा १०३ जना व्यक्ति पक्राउ परेका थिए । ती मध्ये ९६ जना पुरुष, तीनजना महिला र ४ जना बालक संलग्न थिए । अधिकांश चोरीको घटनामा सुनचांँदीका गरगहना, नगद, मोटरसाइकल , दैनिक उपभोग्य पसलका सामानहरु चोरिएको पाईएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
पछिल्ला समयमा साना साना चोरीका घटनाको कार्यालयमा जानकारी आउने र प्रहरीले पनि यस्ता विषयमा बढी अनुसन्धान गर्ने भएकोले चोरीका घटना संँगै अभियुक्तको संख्या पनि बढी देखिएको उनले बताए ।








