• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

योगमाया विशेष चर्चा कार्यक्रम सम्पन्न

  •   मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । समाज सुधारक एवम् सामाजिक आन्दोलनकि योद्धा योगमाया स्मृति दिवसको सन्दर्भमा योद्धा योगमाया विशेष चर्चा कार्यक्रम सम्पन्न गरेको छ।

    आज भरतपुरमा आदर्श नारी बिकास केन्द्र चितवन र महिला सशक्तीकरण तथा परिवर्तन शिल संस्था नेपालले संयुक्त रुपमा योगमायाको व्यक्तित्व र योगदान सम्बन्धमा छलफल र परिसंवाद कार्यक्रम आयोजना गरी योगमाया स्मृति दिवस मनाएको छ।

    कार्यक्रममा नेपाल पत्रकार महासघँ केन्द्रीय सचिव सृजना अर्यालले राणा शासनको कठोर युगमा नागरिकलाई लेख्ने बोल्न तथा संगठन खोल्न बन्देज लगाइएको तथा मानव अधिकारको कुनै गुञ्जायस नभएको अवस्थामा पनि महिला जागरण र सामाजिक सुधारका लागि योगमायाले साहसपूर्ण तरिकाले गरेको योगदान हामी सबैका लागि प्रेरणादायी रहेको कुरा बताउनुभयो ।

    उहाँले आज भन्दा एक शताब्दी अगाडिको राणाकालीन शासनको अन्धकारको युगमा महिला समानता¸ स्वतन्त्रता र जागरणको शंखनाद गर्ने योगमाया वास्तवमै साहसिक र परिवर्तनकामी महिला भएको कुरा बताउनुभयो ।उहाँले योगमायाको व्यक्तित्व र कृतित्वबाट आजका पुस्ताले प्रेरणा लिई महिला हक अधिकारको क्षेत्रमा अझ बढी समर्पित भएर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो आजभन्दा करिब ८० वर्ष पहिले आफ्ना ६८ जनाभन्दा बढी अनुयायीहरूका साथ अरुण नदीमा जलसमाधि लिनुभएकी महिला स्वतन्त्रता र अधिकार आन्दोलनकी अभियन्ता श्री योगमायाको व्यक्तित्व र योगदान नेपालमा मात्र नभएर विश्व महिला आन्दोलनमै अद्वितीय छ । त्यस्तै आदर्श नारी बिकास केन्द्रकि सचिव देवी सुवेदीले नारीहरूको इज्जत र हक अधिकारको संरक्षणको कार्य राज्यको प्राथमिक दायित्व भएको कुरा उल्लेख गर्दै यस कार्यमा सबैको सहयोगको पनि उत्तिकै खाँचो रहेको कुरा औँल्याउनु भयो ।

    उहाँले मुलुकमा लैङ्गिक हिंसाका घटना हुन नदिन महिलाको चेतना अभिवृद्धिदेखि महिलालाई सबै क्षेत्रमा अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।योगमाया न्यौपाने सामाजिक र सांस्कृतिक जागरणप्रति समर्पित एक अभियन्ता भएको बताउनुभयो ।योगमाया र उनका अनुयायीले गरेको त्याग र बलिदान अनुकरणीय रहेको बताउनुभयो ।उहाँले योगमायाअभिजात्य वर्गीय सोच र मान्यता, पितृसत्तात्मक समाज र सांस्कृतिक विकृति तथा निरङ्कुश जहानियाँ शासनविरुद्ध साहित्यिक धारमार्फत सामाजिक विद्रोहमा उत्रिएकी संघर्षशील नारी रहेको बताउनुभयो ।

    कार्यक्रममा साहित्यकार वालकृष्ण थपलियाले महिलाको न्याय र समाजमा सम्मानपूर्ण स्थान सुनिश्चितताका लागि विदुषी योगमायाले आफ्नो जीवनकालमा गर्नुभएको संघर्ष र बलिदान हामी सबैको लागि गौरवको विषय रहेको बताउनुभयो । कार्यक्रममा अधिवक्ता सरिता ढकालले योगमाया नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक रहेको बताउनुभयो ।

    उहाँले योगमायाले पुराणका कथाहरूको पनि खुलेर नै आलोचना गरेको बताउनुभयो । उहाले भन्नुभयो ” योगमाया त्यस्ती नारी थिइन् जसले जनताको–राष्ट्रको समुन्नतिमा सरोकार राख्ने आर्थिक पक्षमा समेत बोलेकी थिइन् ” । उहाँले अध्यात्मिक चिन्तनसंगै सामाजिक विभेद र महिलाप्रति गरिने असमान व्यवहारका विरुद्ध आफैबाट क्रान्ति ल्याउन उनको ठूलो योगदान रहेको कुरा बताउनुभयो । उहाँले योगमायाले जुन योद्धा बनेर लडिन सोही दौडानमा महिलाहरु रिले दौड झै अघि बढ्नु पर्ने कुरा समेत बताउनुभयो ।

    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.