मकवानपुर । मकवानपुरमा ८१ किलो ३५० ग्राम गांँजा सहित ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा राक्सिराङ गाउंँपालिका वडा नम्बर ४ का बाबुराम नेगी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार आज बिहान पौने ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर मनहरी गाउंँपालिका वडा नम्बर ८ सिमपानी स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा संकास्पद रुपमा रोकीराखेको ना ८ ख ८२८४ नं. को ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रक पछाडी ढालामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ८१ किलो ३५० ग्राम फेलापरेको हो ।
ट्रक सहित चालक नेगीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








