• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

गैँडाकोट ३ स्थित बृन्दापुर गाँउ “लायन्स नमुना गाँउ” घोषणा

  •   बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैडाकोट । लायन्स क्लब अफ चितवन चौतारीको अगुवाईमा आज गैडाकोट ३ मा अवस्थित बृन्दापुर गाँउलाई लायन्स नमुना गाँउ घोषणा कार्यक्रम सम्पन्न भएको छ । सो गाँउलाई नमुना बनाउन लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि, लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट र लायन्स क्लब अफ चितवन स्पन्दनले कार्य गर्नेछन् । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का बर्ष २०२१÷ २२ का गर्भनर लायन रामप्रसाद भट्टको परिकल्पना अनुसार कुनै एक गाँउको छनोट गरी क्लबहरुले गर्ने बर्षभरीका सबै कार्यहरु सोहि गाँउमा सम्पन्न गर्ने गरी लायन्स नमुना गाँउको परिकल्पना गरिएको हो ।

    सो कार्य स्थानिय पालिका तथा वडा कार्यलय सँगको समन्वयमा सम्पन्न हुनेछ । नमुना गाँउ घोषणासँगै घोषित गाँउमा बिभिन्न किसिमका जनचेतना कार्यक्रमहरु सञ्चालन हुनेछ । समय समयमा स्वास्थ्य शिबिर, स्थानियलाई बिभिन्न किसिमका आयमुलक तालिमहरु समेत प्रदान गरिनेछ । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक सचिब लायन प्रभाकर पण्डितले गैडाकोट नगरपालिका वडा नं ३ बृन्दापुरमा रहेको श्री पञ्चकन्या प्रा.बि.को प्राङगणमा रुद्राक्षका बिरुवा रोप्दै लायन्स नमुना गाँउ घोषणा गर्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि रहनुभएका डिष्ट्रिकका सचिब पण्डितले लायन्सको यो अभियान धेरै नागरिकहरुले उच्चकोटीको सेवा पाउने बताउनुभयो । बिगत देखिनै प्रभाबकारी कार्यगर्दे आईरहेको चितवन चौतारी लायन्सको अगुवाईमा बृन्दापुर साच्चै नमुना गाँउ बन्नेमा आफुलाई पुरा बिश्वास भएको बताउनु भयो । कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष शिबकान्त तिवारीले बृन्दापुर गाँउ गैडाकोट नगरपालिकाको कार्यलयबाट नजिक भएर पनि बिकासको दृष्टिले पछाडी रहेको बताउनु भयो ।

    वहाँले आफ्नो वडाले नगरपालिको ४३ प्रतिसत क्षेत्रफल ओगटेको र बस्तीहरु पातला पातला भएका कारण सबै नागरिकहरुलाई आधारभुत सेवा दिन समेत कठिन रहेको बताउनु भयो । सिमित स्रोत र साधनबाट काम गर्दै आईरहेको बताउदै वहाँले आफ्नो वडा अन्र्तगतको बस्तीपुर गाँउलाई लायन्स क्लबहरुले नमुना गाँउ घोषणा गरी सो को कार्यन्वयमा देखाएको तत्परताले ज्यादै उत्साहि भएको बताउनुभयो । यस्ता किसिमका सहकार्यको निरन्तरताका लागी अहाँले उपस्थित लायनहरुसँग आग्रह गर्नुभएको थियो ।

    बिद्यालयको स्थापना बि.स. २०४५ सालमा भएको हो । स्थानिय गोपाल दर्लामीका अनुसार शुरुमा कक्षा ३ सम्मको पढाई हुने बिद्यालयमा शिक्षक टेक बहादुर आलेले ३ बर्ष स्वयसेबी शिक्षकका रुपमा अध्यापन गराउनुभएको थियो । हाल यो बिद्यालयमा कक्षा ५ सम्म पढाई हुन्छ । समय समयमा बिभिन्न दाताको सहयोगमा केहि भौतिक पुर्वाधार बनेपनि अझै धेरै बाँकी रहेको बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद पौडेलले बताउनुभयो । यो शैक्षिक सत्रमा ४३ बिद्यार्थी भर्ना भईसकेको बिद्यालयकी प्रअ राधिका भण्डारीले बताउनुभयो ।

    बिद्यालयमा ३ स्थायी दरबन्दी , १ जना बाल शिक्षा अन्र्तगतका शिक्षक र १ कर्मचारी कार्यरत छन् । सो घोषणा कार्यक्रममा डिष्ट्रिकका को चिफ एडभाईजरहरु राजेन्द्र गौतम, कृष्ण पाण्डे, डिष्ट्रिक चिफ गोपाल गौतम, डेपुटी चिफ भक्तीप्रसाद चालिसे, डिष्ट्रिकका डेपुटी सचिब पूर्णप्रसाद शर्मा, गैडाकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष समेत रहनु भएका लायन्सका एओजी नवराज कंडेल, रिजोन चियर पर्सन बिनोद पन्त, जोन चियरपर्सन किशोर पौडेल लगायतका लायन्सकर्मीहरुको उपस्थिती रहेको थियो ।

    सो कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

     

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.