चितवन । चितवन ट्राफिक प्रहरीले थपिएको निशेधाज्ञामा ६ वटा बुंँदा अबलम्बन गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सवारीसाधन सञ्चालन गर्न अनुरोध गरेको छ ।
जसअनुसार सिट क्षमता भन्दा बढी यात्रु नराख्ने , सवै यात्रुहरुले अनिवार्य रुपमा माक्स लगाउने , माक्स नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने , चालक र सहचालकले अनिवार्य माक्स र भाईजर लगाउने , सवारी साधनको ढोकामा सेनिटाईजरको व्यवस्था गर्नुपर्ने र सवारी साधन दैनिक निसंक्रमित गरी स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको हो ।
साथै जिल्ला भित्र संचालन हुने सार्वजनिक सवारी साधनमा जोर गते जोर र विजोर गते बिजोर नम्वरका सवारी साधनमा देहायका मापदण्ड पालना गर्ने गरी संचालन गर्न समत अनुरोध गरेको छ ।








