• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

सर्लाहीमा १२१ विघा क्षेत्रफलमा फैलिएको मानवनिर्मित भरत तालले पर्यटकहरुको मन लोभ्याउदै

  •   आइतबार, साउन १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सर्लाही  । सर्लाही जिल्लाको बाग्मती नगरपालिका स्थित प्रदेश न.२ कै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालको निर्माणाधीन कार्य अन्तिम चरणमा पुगेको छ। तालको निर्माण कार्य पूर्ण रुपमा नसकिए पनि यहि असार १० गते बिहीबारबाट तालमा पहिलो जेटबोट संचालनमा ल्याएको छ । पुर्ब पश्चिम राजमार्ग देखि करिव २ किलोमिटर दक्षिण तर्फ रहेको सो मानवनिर्मित भरत तालमा ३५ सिटे जेटबोट संचालनमा ल्याएको हो । मोटरबोट संचालनमा आए देखि सो ताल पर्यटकीय क्षेत्रको रुपमा परिचीत हुँदै गएको छ ।

    सो तालमा देशका बिभिन्न ठाँउबाट दैनिक हजारौं पर्यटकहरु आउने गरेको बागमती नगरपालिकाका प्रमुख मेयर भरत थापाले बताए। बागमती नगरपालिकाका प्रमुख मेयर भरत कुमार थापाको बिशेष पहलमा निर्माण गरिएको सो तालकोे कुल गहिराई ३५ फिट रहेको एवं ताल १ सय २१ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको उनले बताए। गर्मी महिनामा सो भरत तालमा मोटरबोट चढेर गर्मी भगाउन र मनोरन्जन लिन अति आनन्द आउने गरेको छ ।

    विदाको दिन परिवारसहित ठूलो संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको पाइन्छ। यस तालमा हंसराज प्रजातिको हाँस समेत पालिएको छ। बागमती नगरपालिकाका प्रमुख मेयर भरत थापाको अनुसार यहाँ केहि समय पछि तालमा माछा पालन गर्ने अनि आएको आम्दानी जनताको लागि खर्चिने सोच रहेको छ। यस ताललाइ ब्याव्स्थित गरि बगैंचा, पार्क अनि पिकनिक स्पोट बनाउने तायरी पनि रहेको छ। यहाँ आएर जेटबोट र मोटरबोटमा सवार भै केहि समय घुम्दा पोखरामा रहेको फेबाताल भन्दा बढी मनोरञ्जन आउने पर्यटकहरुको भनाई छ ।

    अझै तालको बीचमा बन्दै गरेको होटल ् प्यालेसले एक्कासि रानिपोखरी र पोखराको फेबातालको बिचमा रहेको ‘ताल बराही’याद आउने पर्यटकहरुको भनाइ छ। अझ मानवनिर्मित यस भरत ताल टिकटक प्रयोगकर्ताको लागि “टिकटक”बनाउने ठाउँको रूपमा प्रख्यात हुँदै आएको छ। यहाँ आउने करिब ९० प्रतिशत पर्यटकले रमणीय बाताबरण देखेर “टिकटक “बनाएर फर्किन्छन्। कलकल बग्ने बागमती नदि र छेउमा बन्दै गरेको रेलको लिकले हरेक पर्यटकको मन लोभ्याउने गर्दछ। यस तालको हालसम्मको कुल लागत भने सार्बजनिक भएको छैन।

    सोही भरत तालको अध्ययन अबलोकन भ्रमणमा तनहुँको देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बागमती नगर पालिकाका मेयर भरतकुमार थापा संग भेट गरि पर्यटन बिकासको महत्वपुर्ण बिषयमा छलफल गरेका छन्। सो भरत तालमा नेपाल सिट एण्ड बोट बिल्डिङ्ग कम्पनीद्वारा उत्पादन गरिएका राइनोज, फिस्टेल, जेट बोट नामका मोटर बोटहरु सञ्चालन हुने नेपाल सिट एण्ड बोट बिल्डिङ्ग कम्पनीका अध्यक्ष लेखनाथ पौडेल जानकारी दिए। साथै ३०० सिट क्षमताको तिनतले मिनि क्रुजको पनि डिजाईन हुदैछ जसमा २६ वटा डिलक्स रुम र पाटि तथा सेमिनार हल र रेष्टुरेन्ट पनि हुनेछ।

    उक्त क्रुजमा जापान र चाइना दुई देशमा बनेको इन्जिन जडान हुनेछ । अध्ययन अबलोकन भ्रमण कार्यक्रममा गैंडाकोट नगरपालिका ५ नम्बर वडाका अध्यक्ष नवराज कडेल, नेपाल सिट एण्ड बोत बिल्डिङ्ग कम्पनीका इन्जिनियर सुमन खत्री, अभिषेक कार्की लगाएतको उपस्थिति रहेको थियो।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.