• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

निशेधाज्ञाको आदेश लत्याउंँदै विरेन्द्र क्याम्पस: एउटै कक्षामा ७२ जना भन्दा बढी बिद्यार्थी

  •   आइतबार, साउन १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  जिल्लामा निशेधाज्ञा जारी भैरहेका बेला यहांँको विरेन्द्र बहुमुखी क्याम्पस भरतपुर प्रशासनको आदेशलाई ठाडै अवज्ञा गरेको छ । आजदेखि शुरु भएको स्नातक पहिलो वर्षको परीक्षामा क्याम्पसले एउटै कोठामा ७२ जनासम्म विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्दै निशेधाज्ञाको अवज्ञा गरेको हो । कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले एउटा परीक्षा हलमा २५ जना भन्दा बढी विद्यार्थी राख्न नपाउने आदेश छ ।

    परीक्षामा विद्यार्थी राख्दा एउटा बेन्चमा एकजना मात्रै परीक्षार्थी राखेर अङ्ग्रेजी जेड आकारमा विद्यार्थी राख्नुपर्ने हुन्छ । वीरेन्द्र क्याम्पसमा परीक्षा सञ्चालन भइरहेको अवस्थामा विद्यार्थीले मास्क लगाउनुबाहेकका अन्य कुनै पनि स्वास्थ्य मादपण्ड पालना समेत नगरेको पाईएको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले एउटा परीक्षा हलमा २५ जना भन्दा बढी विद्यार्थी राख्न नपाउने जनाएको छ । परीक्षामा विद्यार्थी राख्दा एउटा बेन्चमा एकजना मात्रै परीक्षार्थी राखेर अङ्ग्रेजी जेड आकारमा विद्यार्थी राख्नुपर्ने प्रमुख जिल्ला अधिकारीद्वारा आदेशमा जनाइएको छ ।

    वीरेन्द्र क्याम्पसमा परीक्षा सञ्चालन भइरहेको अवस्थामा विद्यार्थीले मास्क लगाउनुबाहेकका अन्य कुनै पनि स्वास्थ्य मादपण्ड पालना समेत गरेका छैनन् । स्थानीय प्रशासनले परीक्षार्थीहरु हलमा प्रवेश गर्नु अघि र परीक्षा सकिएपछि भौतिक दूरी कायम गर्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निर्देशन दिएका थिए । त्यस्तै स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी परीक्षा हल, शौचालय, खानेपानी स्थलमा अनिवार्य दैनिक निसङ्क्रमण गर्नुपर्ने, कोभिडका बिरामीलाई परीक्षा शुरु भएको ३० मिनेटपछि परीक्षामा सहभागी गराउनुपर्ने तथा ३० मिनेट पछि मात्रै हलबाट बाहिर निस्कने व्यवस्था मिलाउनुपर्ने लामिछानेले बताए ।

    वीरेन्द्र बहुमुखी क्याम्पसमा पर्याप्त मात्रामा कक्षा कोठा हुँदाहुँदै पनि कलेजले स्थानीय प्रशासनको आदेशलाई अवज्ञा गरेको हो । वीरेन्द्र क्याम्पसको भरतपुर–१० स्थित नौ बिघामा रहेको डिग्री भवनमा पर्याप्त कोठा हुँदा समेत त्यहाँको भवनमा परीक्षा सञ्चालन गर्नतर्फ कलेजले चासो देखाएन । कलेजको प्रशासन भएको ठाउँमा रहेको १२ वटा कोठामा ६०० बढी विद्यार्थीलाई परीक्षामा सहभागी गराएको छ ।

    कलेजले परीक्षा सञ्चालन गरेको कोठामध्ये कोठा नं २१३ मा ७२ जना, २१८ मा ६० जना, २१९ मा ५१ जना, २२० मा ५१ जना, २१७ मा ३४ जना २२६ मा ४१ जना, २१६ मा ४६ जना, २११ मा २१ जना, २१० मा ३४ जना, २०९ मा ५१ जना २०४ मा अन्य ठाउँबाट परीक्षा केन्द्र सारेर आएका विद्यार्थी र कोठा नम्बर २२७ मा प्राइभेट परीक्षा दिने विद्यार्थीहरु सहभागी थिए ।

    आइतबार त्रिभुवन विश्वविद्यालयको स्नातक पहिलो वर्षको परीक्षा अन्तर्गत शिक्षा शास्त्र संकाय र मानविकी संकायको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा थियो । भोलि एउटै कोठामा ९० जनासम्म राख्नुपर्ने अवस्था छ : क्याम्पस प्रमुख पौडेल एउटा कोठामा ७२ जना विद्यार्थी राखिएको कुरा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले ठाडै अस्वीकार गरे । परीक्षा सञ्चालन हुने क्याम्पसमा क्याम्पस प्रमुख नै केन्द्राध्यक्ष रहने व्यवस्था अनुसार केन्द्राध्यक्षले हस्ताक्षर भएको सिट प्लानमा ७२ जना विद्यार्थी रहेको समावेसीले जानकारी गराएपछि पौडेलले भने, “परीक्षा हलमा ७२ जना त होइत तर २५ जना भन्दा बढी विद्यार्थी सहभागी गराउन बाध्य भयौँ ।”

    परीक्षा निरीक्षक बस्न कुनै शिक्षक तथा कर्मचारीहरु नमानेका कारण क्याम्पसको डिग्री भवनमा परीक्षा सञ्चालन गर्न कठिन भएको पौडेलले बताए । “हामीले खोप पाएका छैनौँ, खोप नलगाएसम्म परीक्षा निरीक्षक बस्न सरहरु मान्नुभएन” पौडेलले भने, “भोलि (साउन ११ गते)को परीक्षामा १३ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुँदैछन् । भोलि एउटै कोठामा ९० जनासम्म विद्यार्थी राख्नुपर्ने अवस्था आउँछ ।” प्रशासनको आदेश थाहा भए पनि बाध्य भएर आफूहरुले पूर्णरुपमा पालना गर्न नसकेको उनी बताउँछन् ।

    चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सूचना जारीसँगै परीक्षा सञ्चालन हुने क्याम्पसका क्याम्पस प्रमुखहरुलाई कार्यालयमा नै बोलाएर मापदण्ड पालना गर्न आग्रह गरिएको बताउँछन् । “हामीले कार्यालयमा नै बोलाएर समेत मापदण्ड बारे जानकारी गराउँदै पूर्ण पालना गर्न आग्रह गरेका छौँ” लामिछानेले भने, “वीरेन्द्र क्याम्पसले विद्यार्थी बढी राखेको विषयमा मेरो ध्यानाकर्षण भएको छ । यो विषयमा म बुझ्छु ।” परीक्षा जस्तो संवेदनशील विषयमा क्याम्पस स्वयं सचेत हुनुपर्ने समेत लामिछानेले बताए ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.