नवलपुर । अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरी चोरी निकासी गर्दै गरेको समयमा १६ वटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाबाट रातको समयमा नदीजन्य पदार्थ चोरी गर्ने १६ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब १ बजेको समयमा ट्रयाक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि गाउँपालिकाको कार्यालयमा पठाइएको जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । प्रहरीले लु२त ९७२५, लु६त ९६१२, लु४त ३४१९, लु४त ८३१, लु२त १४३१, ना७त २१५०, लु३त ५६१५, लु३त १६०९, ना७त ३०६९, ना४त ५४७४, प्र.२–०३–००१त २६५५, लु४त ७१९६, लु३त ६७७८ का साथै एउटा अनटेस्ट र दुई वटा नम्बर प्लेट नखुलेको ट्रयाक्टर नियन्त्रणमा लिइएको गिरीले बताउनुभयो ।









