चितवन । पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति र पूर्ब युवराज पारश शाहलाई प्रहरीले गरेको दुव्यवहारको घटनालाई लिएर हिन्दु जागरण अभियान चितवनले बिरोध प्रदर्शन गरेको छ ।
अभियानले चौबिसकोठीमा बिरोध प्रदर्शन गरेको हो । अभियानका जिल्ला संयोजक सुनिल क्षेत्रीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा अभियान्त निरज शर्मा काफ्लेले अहिले समाजमा बढ्दै गएको धार्मीक विश्वासका कारण नेपाल हिन्दुराज्य कायम हुनु पर्ने बताउनुभयो ।
पूर्व युवराजलाई गरिएको हर्कद विरुद्ध प्रशासनले सार्बजनिक रुपमा माफि माग्नुपर्ने उहाँको भनाई थियो । नेपालको राष्ट्रिय झण्डा सहित सडकमा आएका प्रदर्शन कारीहरुले हिन्दु राष्ट्रको पक्षमा नारा लगाएका थिए ।









