चितवन । भरतपुर २५ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय शोशीका एल.के.जि देखि कक्षा ८ सम्म अध्यनरत छात्रछात्राहरुले विभिन्न शैक्षिक सामग्री सहितको झोला प्राप्त गरेका छन् ।
चाइना फाउन्डेसन प्रोबटीको लगानीमा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको संयोजकत्वमा कार्यक्रम गरिएको हो । भरतपुर महानगरपालीका २५ का अध्यक्ष साथै विद्यालयले व्यवस्थापन समितीका अध्यक्ष विजय कुमार भुजेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका पूर्व प्र.अ. चन्द्र प्रसाद दवाडीको विशेष पहलमा उक्त कार्यक्रम आएको विद्यालयले बताएको छ ।
कोरोनाको कहरलाइ ध्यानमा राख्र्दै विद्यालयले चरणबद्ध गरेर फरक फरक दिन ३३५ विद्यार्थीलाई झोला वितरण गर्ने जनाकारी गराएको छ ।








