• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अवकाशपछि कृषि व्यवसायमा लाग्छु: प्रधानसेनापति थापा

  •   मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बेँसीशहर नगरपालिका–२ बगाले गाउँमा निर्माण भएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गरेका छन् । प्रधानसेनापति थापाले आज नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा निर्माण गरिएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गर्दै उनले आधुनिक र वैज्ञानिक कृषि विस्तार गरी देशको अर्थतन्त्रमा योगदान दिन कृषि विज्ञान संस्थानको स्थापना गरिएको बताए ।

    प्रधानसेनापति थापाले अवकाशपछि नेपाली सेनालाई कृषि तथा पशुपालनमा दक्ष बनाएर गाउँघरमै परिवारसँग बसेर स्वरोजगार बन्न कृषि विज्ञान संस्थानले सीप सिकाएर पठाउने बताए । प्रधानसेनापति थापाले त्रिभुवन विश्व विद्यालयको मापदण्डअनुसार विएस्सी एजी सञ्चालन गरिने र त्यसमा सैनिकका छोराछोरी तथा सर्वसाधरण नागरिकका छोराछोरीले पनि पढ्ने अवसर पाउने भएकाले आधुनिक नेपाल निर्माण गर्ने जनशक्ति उत्पादन हुने बताए । उनले कृषिमा लमजुङलाई ‘हव’ बनाउन कलेजले महत्वपूर्ण भूमिका निभाउने बताए ।

    शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा क्षेत्रमा लगानीअनुसार प्रतिफल प्राप्त नभइरहेका बेला नेपाली सेना कृषि विज्ञान संस्थानबाट उत्पादन हुने जनशक्तिले कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणमा महत्वपूर्ण योगदान दिने बताए । कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीतिमा खाद्य सुरक्षा उल्लेख भएकाले कृषि तथा पशुपालनमा दक्ष जनशक्ति उत्पादन भई त्यसबाट प्राप्त हुने सीपले नेपाली सेना अवकाशपछि विदेशमा गएर दुःख गर्नुपर्ने अवस्था नआउने बताए ।

    अहिलेसम्म नेपाली सेनाका सक्कल दर्जा र हितधिकारी गरी १२० ले प्रि–डिप्लोमा, प्लान्ट साइन्स र एनिमल साइन्सको तालीम लिइरहेका छन् भने आगामी शैक्षिकशत्रदेखि विएस्सी एजीको अध्ययन हुने सहायक प्रिन्सिपल विनोद घिमिरेले जानकारी दिए । बेँसीशहर नगरपालिकका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, श्रीजङ्ग गणका गणपति जयराम थापा, प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीलगायत उपस्थिति थियो । उक्त कोषबाट भ्याट बाहेक रु १३ करोड लगानीमा उक्त संस्थानको संरचना निर्माण भएको छ ।

    करिब ४०० रोपनी क्षेत्रफल रहेको नेपाली सेना कृषि विज्ञान संस्थानको जग्गामध्ये २० प्रतिशतमा भौतिक पूर्वाधार, ५० प्रतिशतमा कृषि र ३० प्रतिशत क्षेत्रफलमा पशुपालन हुने भएको छ । नेपाली सेना कृषि विज्ञान संस्थानमा हाल यहाँ बङ्गुर, गाइ, कुखुरा, बाख्रापालन गरिएको छ भने कागती, कफी, चियापती, तरकारी खेतीलगायत कार्यक्रम अघि बढाइएको छ ।

    नेपाली सेनाले यसरी तालिम केन्द्र हुँदै विएस्सी एजीसम्मको अध्ययन हुने नेपाली सेना कृषि विज्ञान संस्थान सञ्चालन गरेको नेपालकै पहिलो हो । विसं २०७५ वैशाखदेखि भौतिक पूर्वाधार निर्माण शुरु भएको थियो । प्रशासनिक भवन, १४ जना अट्ने शिक्षक क्वाटर, ल्याब, लाइबेरी, छात्राका लागि होस्टेललगायत संरचना निर्माण सम्पन्न भएको छ । निर्माणको जिम्मा वुद्ध कन्ट्रक्सन कम्पनी प्रालि काठमाडाँैले लिएको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.