• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

भरतपुर महानगर सुरक्षा योजना तयार

  •   बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । विकसित मुलुकको सुरक्षा अवस्थाका बारेमा जानकारी राख्नुभएका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी भरतपुर महानगरभित्रको सुरक्षा अवस्था नमूना बनाउने योजनामा हुनुहुन्छ ।

    प्रहरीको दरबन्दी थपलाई भन्दा प्रविधिको उच्चतम उपयोग गर्ने उहाँको तयारी छ । ठाउँठाउँमा प्रहरी राख्नुभन्दा सिसी क्यामेरा जडानमा उहाँको जोड छ । विदेशमा जस्तै चोकचोकमा प्रहरी उभ्याएर होइन सिसी क्यामेराबाट अनुगमन गर्ने गरी भरतपुर महानगरको सुरक्षा योजना तयार गरिएको छ । घटना भएको दुई–चार मिनेटमा नै प्रहरी पुग्ने गरी अधिकारीले अवधारणा तयार गर्नुभएको छ ।

    महानगर क्षेत्रमा हुने अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका साथै जिउ, धन र सार्वजनिक सम्पत्तिको रक्षाका लागि अवधारण तयार गरिएको अधिकारी बताउनुहुन्छ । चुस्तदुरुस्त सुरक्षा योजनामा सिसीटिभी जडान, सिआरभी र क्यूआरटी टोली परिचालन रहेका छन् । अधिकारीका अनुसार महानगरका विभिन्न ९१ स्थानमा १६० वटा सिसीटिभी जडान गर्ने योजना अवधारणमा रहेको छ । तीमध्ये मर्मत गरेर ३७ वटा सञ्चालनमा ल्याइँदै छ ।

    अन्य १२६ वटा नयाँ थप गर्नुपर्ने हुन्छ । थप गर्नुपर्नेमध्ये १०८ वटा सामान्य र १५ वटा अत्याधुनिक प्रविधिका रहेका छन् । सिसीटिभी जडानले महानगर क्षेत्रभित्र हुने अपराध नियन्त्रणसँगै अनुसन्धानमा सहयोग पुग्ने उहाँले बताउनुभयो । यससँगै शहरी क्षेत्रमा निजी क्षेत्रले आफ्नो प्रयोजनका लागि जडान गरेका सिसी क्यामेरामा एउटा क्यामेरा सडकतर्फ फर्काएर राख्न अनुरोध गर्ने योजना रहेको छ । यसबाट पुलचोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्ग र बाइपास सडकमा ३०० भन्दा बढी क्यामेरा सडकतर्फ फर्काउन सकिने छ ।

    यसबाट अपराध नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अधिकारी बताउनुहुन्छ । प्रहरीको कन्ट्रोल कक्षबाट सञ्चालनमा आउने गरी महानगरका नौ स्थानमा सिआरभी टोली परिचालन गरिने छ । टोलीलाई २४सै घण्टा परिचालन गर्न सकिने छ । यसका लागि आवश्यकतानुसार जनशक्ति र स्थान परिवर्तन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

    यसले उच्छृङ्खल तथा कानूनविपरीतका गतिविधि नियन्त्रण र विपद् उद्धार कार्यमा सहयोग पुग्ने विश्वास कार्यालयले लिएको छ । महानगरभित्रका साँघुरा सडकमा हुने भीडभाड नियन्त्रण र छिटो प्रहरी पहुँच तथा गोप्य सूचना प्राप्तिका लागि महानगर क्षेत्रभित्र रहेका १२ वटा प्रहरी चौकी तथा पोष्टमा क्यूआरटी टोली परिचालन गर्ने योजनामा कार्यालय रहेको छ । सो कार्यका लागि १४ वटा मोटरसाइकल आवश्यक रहेको अवधारणापत्रमा उल्लेख छ ।

    यसका लागि आवश्यक जनशक्ति प्रदेश कार्यालय र प्रहरी प्रधान कार्यालयसँग अनुरोध गर्ने अधिकारीले बताउनुभयो । कार्यालयले तयार गरेको अवधारणापत्रमा सिसीटिभी जडानका लागि रु ५२ लाख ४० हजार, सिआरभी परिचालनका लागि नौवटा गाडी खरिद गर्न रु चार करोड पाँच लाख तथा क्यूआरटी परिचालनका लागि १४ वटा मोटरसाइकल खरिद गर्न रु ३६ लाख ४० हजार बराबरको बजेट महानगरमा प्रस्ताव गरिएको छ ।

    अधिकारीले भन्नुभयो, “यी स्रोतसाधन प्राप्त हुनसकेमा विकसित मुलुकको झैँ सुरक्षा व्यवस्था गर्न हामी सक्छौँ ।” भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरभित्रको सुरक्षा व्यवस्था राम्रो बनाउन महानगर प्रतिबद्ध रहेको बताउनुभयो । यस योजनामा प्रस्ताव गरिएका अवधारणालाई क्रमशः पूर्णता दिँदै लगिने उहाँको भनाइ छ । सुरुमा बिग्रिएका सिसी क्यामेरा मर्मत गर्नुपर्ने भन्दै उहाँले नपुग भएका ठाउँमा थप गर्दै लगिने बताउनुभयो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.