हेटौंडा । बागमती प्रदेश युवा परिषद्का नवनियुक्त मनोनित सदस्यहरुले बिहिबार शपथ ग्रहण गरेका छन् । सामाजिक विकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बागमती युवा परिषदका मनोनित ११ जना सदस्यहरुलाई शपथ ग्रहण गराएकी हुन्।
सदस्यहरुमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, बसन्त न्यौपाने, छोटी लामा, सुदिप गौतम, प्रिती श्रेष्ठ, डालिया नेपाली रहेका छन् । मनोनित सदस्यहरुको नियुक्ति तथा सपथ ग्रहणपछि प्रदेश युवा परिषद्ले पुर्णता पाएको छ । गएको असार ४ गते परिषद्को उपाध्यक्षमा सन्तोष चौलागाइ नियुक्त गरिएपनि सदस्यहरुको नियुक्ति नहुँदा परिषद्ले पुर्णता पाउन सकेको थिएन ।
सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारी लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थितिमा भएको शपथ कार्यक्रम भएको थियो । यसअघि बिहिबारनै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलद्धारा परिषद्को कार्यालय उद्घाटन भइसकेको छ ।








