सांकेतिक तस्विर
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको सुनाचुरीका दुई युवालाई नेपाली सेनाको जवानले कुटपिट गरेको विषयलाई लिएर सुनाचुरीका स्थानीयले पुर्व पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सुनाचुरीमा अन्तर्गतको शैनिक पोष्ट घेराउ गरेका छन। यो घटना शुक्रबार रातिको हो।
शैनिक पोष्ट घेराउ गर्ने र आक्रोशित स्थानीयले पुर्व पश्चिम राजमार्ग अवरुद्ध पारेपछि मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालको नेतृत्वमा गएको प्रहरीले शुक्रबार राति टियर ग्यास प्रयोग गरेर भिडलाई तितरवितर बनाएर अवरुद्ध राजमार्ग खुलाएको थियो। निकुञ्जको मध्यवर्ती क्षेत्रमा माछा मारेको आरोपमा सेनाले मनहरी–६ सुनाचुरी चौकिटोलका २० वर्षीय दीपेन्द्र रुम्बा र २६ वर्षीय बुद्धिबहादुर मोक्तानलाई कुटपिट गरेको बुझिएको छ।
गस्तीमा हिँडिरहेका सुरक्षामा खटिएका पाँच जना सेनाको टोलीले माछा मारिरहेका युवकलाई एक्कासि कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन।स्थानियले युवालाई कुट्ने शैनिक जवानले माफी माग्नुपर्ने र जवानको नाम सार्वजनिक गर्नुपर्ने भन्दै शैनिक पोष्ट घेराउ गरेका थिए। अहिले यो समाचार तयार पर्दा सम्म स्थानीयले शुक्रबार दुई युवालाई कुटेको बिषयमा राजमार्ग अवरुद्ध गर्न खोजिएको बुझिएको छ।








