सांकेतिक तस्विर
हेटौंडा । मकवानपुरको बकैयाको जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन।शनिबार दिउँसो मकवानपुर बकैया ११ नियाले भञ्ज्याङ श्रीडाँडा स्थित जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन।
मृत अवस्थामा भेटिएका पुरुष मकवानपुरगढि-१ जैरेटार बस्ने अन्दाजी २८ बर्षीय मान बहादुर लुङ्बा रहेको डिएसपी रिमालले बताए।घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली पुगिसकेको र घटनास्थललाई सिल गरी आवश्यक अनुसन्धान सुरु गरिएको रिमालले बताए।








