मकवानपुर । मकवानपुरमा कोभिड संक्रमण बढ्दै गएपछि निषेधाज्ञामा कडाई गर्ने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले जारी निषेधाज्ञामा कडाई गरिने भएको हो ।
मकवानपुरमा अब खाद्यान्न व्यवसाय बिहान १० बजे सम्म सञ्चालन हुनेछन् भने अन्य व्यवसाय १० बजे देखी ५ बजे सम्म सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभयो । यस अघि बजार खुल्ने समय खाद्यान्न १० बजे सम्म र अन्य १२ बजे देखी ४ बजे सम्म सञ्चालन गरिएको थियो ।
बैठकले बैंक तथा वित्तिय संस्था हरेक दिन १० बजे देखी २ बजे सम्म खुला राख्ने निर्णय गरेको छ । त्यसैगरी मकवानपुरमा माक्स अभियानलाई शसक्त रुपमा लैजाने भएको छ । माक्स नलगाउनेलाई जरिवाना समेत लिने भएको छ ।
जारी निषेधाज्ञा भदौ १० गते सम्म गरिने बैठकले निर्णय गरेको छ । अन्य निर्णय भने पुरानै यथावत् रहने प्रशासनले जनाएको छ । समय सिमा भन्दा व्यवसाय गरिएको पाइएमा कडाभन्दा कडा कारवाही गरिने जनाइएको छ ।








