• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

पूर्वी चितवनका मेयरहरु एमालेमै रहने

  •   सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा एमाले विभाजन भएर अर्को पार्टी गठन भएपनि पूर्वी चितवनका नगर प्रमुखहरु एमालेमै रहने संकेत गरेका छन् । सबै मेयरहरु एमाले एक ढिक्का हुनु पर्ने पक्षमा रहेका छन् । पूर्वी चितवनमा चार वटा स्थानीय तह छ । वि.सं.२०७४ सालको स्थानीय तहको निर्वाचनमा चारै पालिकामा नगर प्रमुख नेकपा एमालेबाट निर्वाचित भएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग मन मिल्न नसकेपछि एमालेबाट अहिले वरिष्ठ नेता माधवकुमार नेपाल विभाजित भएर नेकपा एकिकृत समाजवादी पार्टी गठन गरिसकेका छन् ।

    पूर्वका चार नगर प्रमुख मध्ये राप्ती नगरपालिका प्रमुख प्रभा बराल सुरुदेखीनै केपी ओली निकटमा रहेकी छिन् । अन्य पालिकाहरु खैरहनी,रत्ननगर र कालिका नगरपालिका प्रमुख नेपाल निकटका मानिन्थे । तर अहिले उनीहरुले पनि नेपालको धार परिवर्तन गरेका छन् । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ गोपी अहिले ओली समुहमा खुलेरै लागेका छन् । श्रोतका अनुसार रत्ननगरका प्रमुख नारायण वन पनि ओली खेमामा लागिसकेका छन् । खैरहनीका प्रमुख लालमणि चौधरी दुवै खेमामा खुलेका छैनन् ।

    आफ्नो कार्यकालमा नगरपालिकाको काममा व्यस्त रहने भन्दै अहिले यो र उ नभनि जनताको काममा लाग्ने वताउँदै आएका छन् । तर पार्टी छनौट गर्नु पर्दा उनी एमालेमै रहने पक्षमा छन् । एमाले कुनै पनि हालतमा विभाजन हुन नहुने पक्षमा चौधरी थिए । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ गोपी आफुसहित पूर्वी चितवनका प्रमुखहरु एमालेमै रहने दावी गर्छन् । तपाईले अव कुन पार्टी रोज्नु हुन्छ भन्ने प्रश्नमा श्रेष्ठले एमाले पार्टी कुनै पनि हालतमा नछोड्ने वताए ।

    विभाजित भएको नेपाल समुह एमालेमै आउनुको विकल्प छैन् कालिकाका प्रमुख श्रेष्ठले भने – मन मिल्ने र पार्टीको सिद्धान्त मिल्नेहरु एकै ठाउँमा हुन्छौ । श्रेष्ठका अनुसार पूर्वी चितवनका नगर प्रमुखहरु आन्तरीक छलफलमा रहेपनि एमाले नछाड्नेमा छन् । हामी चारै जना नगर प्रमुख एमालेमै रहन्छौ श्रेष्ठले भने – कोही कता कोही कता हुदैनौ, वडाध्यक्षहरु, सदस्यहरु पनि एमालेमै हुन्छौ । नेपाल समुहमा रहेका राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामा ,केही वडाध्यक्ष,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु ओली खेमामा खुलेरै हिडिसकेका छन् ।

    चितवनमा सात वटा पालिका छ । पूर्वी चितवनका चार पालिकामा एमालेको नेतृत्व छ भने भरतपुर महानगरपालिका र माडीमा नेकपा माओवादी केन्द्र तथा इच्छाकामना गाउँपालिका अध्यक्षमा काग्रेशबाट निर्वाचित भएका थिए । श्रोतका अनुसार जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी पनि अहिले ओली खेमामा खुलेरै लागेका छन् ।

    केन्द्रमा एमाले विभाजित भएकै दिन बागमती प्रदेशका मुख्यमन्त्री समेत फेरवदल भएको थियो । बागमती प्रदेशमा एमाले एकढिक्का रहेको सन्देश दिनकै लागि नेपाल समुहमा रहेकी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा एमाले अध्यक्ष केपी ओलीलेनै मुख्यमन्त्री वनाएका थिए । माधव नेपाल पक्षमा रहेका चितवन क्षेत्र नम्वर १ ख का प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल एमालेमै रहेर प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.