हेटौंडा । मकवानपुर प्रहरीले धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ बस्ने ४० वर्षीय राजकुमार भन्ने ठुलो सार्की मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालका अनुसार, उनलाई गत साउन ३२ गते धारिलो हतियार प्रहार गरी हेटौंडा–१६ बस्ने ६४ वर्षीय मानबहादुर प्रजाको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।








