हेटौंडा । लगातारको बर्षासँगै गएको पहिरोका कारण अवरुद्ध रहेको हेटौंडा हुदै काठमाण्डौं जाने छोटो दुरीको मार्ग भिमफेदी- कुलेखानी सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
शुक्रबार रातिको लगातारको बर्षाले भिमफेदी-६ देउराली नजिक पहिरो जादा सडकखण्ड अवरुद्ध बनेको थियो।पहिरो हटाउन कठिन भएपनि तत्कालका लागि पहिरो हटाएर बिहान १० बजेबाट एकतर्फी सञ्चालनमा ल्याइएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएका छन। लेदो माटो सहितको पहिरो गएकोले पहिरो हटाउन क्रममै रहेको र छिट्टै दुई तर्फिनै सञ्चालनमा आउन डिएसपी रिमालले बताएका छन।
बाटो एकतर्फी सुचारु भएकोले विहानदेखी लाम्वद्द सवारीको चाप रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।








