• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

भरतपुरको कविलास क्षेत्र हिल स्टेशनको रुपमा परिचित, रमणिय पहाडी भूगोल समेटिएकोले यो क्षेत्रको विकासमा जोड दिएका छौं : प्रमुख दाहाल

  •   शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कोही कसैले राजनिति गर्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने बताएकी छिन् । शनिबार कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको सिलान्यास गर्दै उनले सो कुरा बताएकी हुन् ।

    भरतपुरको वडा नं। २९ मा कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्रको भवन लामो प्रयास पछी शिलान्यास गर्न सफल भएको भन्दै उनले तोकिएको समयमा गुणस्तरिय निर्माण सम्पन्न गरी स्वास्थ्य सेवा संचालन गर्न आग्रह गरिन् । प्रमुख दाहालले भरतपुरको हिल स्टेसनको रूपमा परिचय बनाउदैं गएको रमणिय पहाडी भूगोल समेटिएको वडा नं। २९ को विकासमा आफू सधैं केन्द्रित रहेको उल्लेख गरिन् ।

    उनले यस क्षेत्रका बाटोघाटो निर्माण, शुद्ध पिउनेपानी, सिंचाईका साथै शिक्षा स्वास्थ्य, कृषि र पर्यटन विकासका क्षेत्रमा उल्लेख्य कामहरू भईरहेको बताईन् । सोही अवसरमा प्रमुख दाहालले ‘एक वडा, एक स्वास्थ केन्द्र’ निर्माण तथा संचालन गर्दै आएको बताउदैं आवश्यकताका आधारमा यसको संख्या थपिदै जाने बताईन् । वडा न। २९ को भूभाग सम्वेदनशिल तथा जोखिम प्रकृतिको रहेको भन्दै उनले सोही बमोजिम यस क्षेत्रको बिकास गर्नुपर्नेमा जोड दिईन् ।

    ‘भरतपुर महानगरपालिकामा जनप्रतिनिधीको रूपमा आए संगै आत्मनिर्भर र योजनाबद्ध विकासको लागी दृढताका साथ लागिपरेको छु’,उनले भनिन्,‘यही दृढ इच्छा शक्तिका कारण भरतपुर एक हेर्न लायकको सहर बनिरहेको छ ।’ उनले विकासमा कोही कसैले राजनिति गर्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने उल्लेख गरिन् ।

    शिलान्यास कार्यक्रममा उप प्रमुख पार्बती शाह ठकुरीले निर्माणा धिन स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरिय ढंगले निर्माण कार्य अगाढी बढाउन आग्रह गरिन् । भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भोजराज खतिवडाले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्य केन्द्र सक्षम हुने बिस्वास व्यक्त गरे

    स्वास्थ्य केन्द्र भवनको शिलन्यास कार्यक्रममा नेकपा माओवादी केन्द्रका वडा इन्चार्ज गोपाल कुँवर, भरतपुरमहानगरपालिका जन स्वास्थ्य महाशाखा प्रमुख दिपक सुवेदी लगायतले आ– आफ्नो धारणा राखेका थिए ।

    ६९ लाख ५० हजारको लागतमा निर्माण हुन लागेको कबिलास स्वास्थ्य केन्द्र ४ कोठाको हुनेछ भने पुस मसान्त भित्र निर्माण सम्पन्न गरि सेवा संचालनमा आउनेछ । शिलन्यास कार्यक्रम वडा अध्यक्ष मन बहादुर रानाको अध्यक्षतामा सम्पन्न भयको थियो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.