• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र

  •   शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका– ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटकपटक विवादमा आएको यो जग्गा कोषले संरक्षण नगर्दा वरिपरिबाट मिच्नेक्रम रोकिएको छैन । बस्तीका बीचमा धेरै जग्गा खाली भएपछि सुकुम्बासीका नाममा मिच्नेक्रम बढेको हो । यस वर्ष पनि सुकुम्बासीका नाममा करिब १० टहरा थप्न खोजिएको थियो । कोरोनाबाट बच्न सरकारले निषेधाज्ञा जारी गरेका बेला सुकुम्बासीका नाममा जग्गा हडप्न खोजेपछि कोषले हटाएको थियो ।

    कोषको जग्गाका बीचमा खहरे बग्ने गरेको छ । वर्षाद्मा खहरे बढेर आउँदा वरिपरिको बस्तीमा समस्या हुन्छ । कोषले जग्गा व्यवस्थापन नगर्दा यस वरपरका स्थानीयवासीलाई समेत समस्या हुने गरेको छ । कोषको जग्गासँगै जोडिएको द सेलिब्रेसन कोएडका प्रधानाध्यापक महेन्द्र भट्टराईले एक महिनाअघि केही मानिस सुकुम्बासीका नाममा कोषको जग्गासँगै जोडिएको विद्यालयको जग्गा हडप्न आएको बताए । कोषको जग्गा भने पटकपटक मिचिने गरेको देखिएको उनले बताए । कोषका उपनिर्देशक गौरीशङ्कर पराजुलीले विसं २०७६ चैत ११ गतेअघि नै कोषले गोठाटारको जग्गामा सुकुम्बासीका नाममा बसोबास गर्नेलाई हटाउन गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशन गरेको बताए ।

    सूचनामा दिइएको समयमा अतिक्रमण गरी बसेका नहटेपछि स्थलगतरुपमै कोषले माइकिङ गरेर छोडेर जान भनेको थियो । कोरोना भाइरस सङ्क्रमणको जोखिम भएकाले मानवीय संवेदनालाई ध्यानमा राखेर हट्नलाई समय दिएको डेढ वर्ष भए पनि अतिक्रमणकारीले नछोडेको उपनिर्देशक पराजुलीले बताए । पछिल्लो समयमा बस्न आउनेलाई हटाउने गरे पनि रातारात फेरि बस्न आउने गरेको हुँदा समस्या आएको छ । प्रहरी प्रशासनको सहयोग लिएर कोषले हटाउने क्रमलाई भने जारी राखेको छ ।

    कतिपटक जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि नै लगेर सुकुम्बासी हटाउन खोजिएको थियो । कोषले सो जग्गालाई हालसाविक गरी प्रस्तावित गुरुयोजनामा विभिन्न संरचना निर्माणको योजना अघि सारेको छ । कोषका पूर्वसदस्य सचिव डा. प्रदीप ढकालले पशुपति हिन्दू विश्वविद्यालय, गौशाला, आयुर्वेद औषधालय, वृद्धाश्रम, उद्यानजस्ता संरचना गोठाटारको जग्गामा बनाउने सोच रहेको बताए । काठमाडौँ उपत्यकामा खाली जग्गा कम हुँदै जान थालेपछि सुकुम्बासीका नाममा सङ्गठितरुपमा हडप्ने प्रयास भइरहेको छ ।

    यो जग्गामा रहेको बालुवा पनि रातारात चोरी हुने गरेको छ । नजिकै सुरक्षा चौकी नहुँदा सार्वजनिक सम्पत्तिको संरक्षण हुन सकेको छैन । कोषको जग्गामा बस्न खोज्ने र बालुवा चोरी गर्नेसँग पटकपटक लुकामारी हुने गरेको उपनिर्देशक पराजुलीको भनाइ छ । धेरै जग्गा खाली भएपछि तेज विनायक माध्यमिक विद्यालयले पनि कोषकै जग्गामा गएर विद्यालय भवन बनाएको छ । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले कोषको जग्गामा ११ वटा पक्की घर र ४० वटा टहरा निर्माण भएको बताए ।

    ‘कोषले प्रस्ताव गरेको गुरुयोजना कार्यान्वयन गरेर जग्गा मिच्नेक्रम रोक्न सकिन्छ, गुरुयोजना लागू गर्नुअघि नापजाँच गरेर घेरा पर्खाल लगाउनुपर्छ, गत आर्थिक वर्षमा घेरा पर्खाल लगाउन बजेट विनियोजन गरिएको भए पनि कोरोना महामारीले सम्भव भएन, यस वर्ष आन्तरिक बजेट व्यवस्थापन गरेर पनि घेरा पर्खालको काम गरिनुपर्छ’, उनले भने । जग्गाको संरक्षणका लागि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराईले स्थलगतरुपमा अवलोकन गरे पनि ठोस काम नगरी कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका उनी मन्त्रीबाट हटे । कोषको जग्गाबाट माटो र बालुवा चोरी नियन्त्रण गर्न पनि घेरा पर्खाल आवश्यक देखिन्छ ।

    सडकमा छोडिएका छाडा गाईबाच्छा संरक्षणका लागि कोषसँगको सहकार्यमा १०० रोपनी जग्गा लिएर गौशाला चलाउँदै आउनुभएका मानव अधिकारकर्मी उत्तम पुडासैनीले राजनीतिक दलका नाममा २०६२/२०६३ को जन आन्दोलनपछि सुकुम्बासी ल्याएर राख्न खोजिएको बताए । कोषको जग्गामा सुकुम्बासीका नाममा मानिस राखेर समस्या बनाइनुहुन्न भन्नेको त्यसबेला घरसमेत जलाइएको उनले बताए । विसं २०५४ को स्थानीय निकाय निर्वाचनमा साविकको गोठाटार गाविस– ३ बाट वडाध्यक्ष निर्वाचित सानोबाबु चापाईंको घरमा त्यसबेला रातिको समय पारेर आगो लगाइएको थियो ।

    कागेश्वरी मनोहरा–८ का वडाध्यक्ष श्रीप्रसाद चापागाईंले कोषको जग्गामा तीव्ररुपमा घर टहरा बन्न थालेपछि वडा कार्यालयले कोषलाई पत्र लेखी जग्गा संरक्षण गर्न अनुरोध गरेको बताए । कोषले बालुवा निकाले बाँकी रहेको स्थानमा पाँगो माटो रहेकाले वर्षामा भेल आएर ढल व्यवस्थापनमा समस्या हुने गरेको वडा कार्यालयले जनाएको छ । भेल व्यवस्थापनका लागि वडाले कोषको ध्यानाकर्षण गराउँदै आएको छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.