हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले प्रदान गर्ने केहि सेवामा लगाएको आलोपालको व्यवस्था हटाउँदै नियमित सेवा दिने भएको छ । आइतबार एक सूचना जारी गर्दै प्रशासन कार्यलय मकवानपुरले भदौ १५ गतेबाट नागरिकता र राहदानी सम्बन्धी सेवामा लगाएको आलोपालो व्यवस्था हटाएको जानकारी दिएको हो ।
जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन २८ गतेबाट नागरिकता र राहदानी सम्बन्धी सेवाहरु निश्तिच दिनमा मात्रै प्रदान गर्दै आएको थियो । प्रशासन कार्यलय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्वारा हस्ताक्षरित सूचनामा सेवाग्रहीको बढ्दो चाप र कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवा प्रवाहमा लगाईएको आलोपालो व्यवस्था हटाइएको उल्लेख गरिएको छ ।








