हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी९सिडिओ० दिपकराज नेपालले लकडाउनको उल्लघंन गरेर बजार खोलिए प्रहरी परिचालन गरि बन्द गरिने बताएका छन् । बुधबार बिहान हेटौँडामा मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा पसलहरु खोलीएपछि भएको विवादको विषयमा खबरब्रेकसँग कुरा गर्दै प्रजिअ नेपालले नेपाल सरकारको निर्णय विपरित चल्न खोजे आफुहरुले त्यसलाई रोक्ने बताए । देशैभरी ब्यवसाय बन्द रहेको अवस्थामा हेटौँडामा मात्र खोल्न दिने कुरा जायज नभएको भन्दै नेपालले सरकारले नीति परिवर्तन गरि लकडाउनको मोडल परिवर्तन गरेको अवस्थामा आफुहरु सोहि मोडल फलो गर्ने तर सरकारको अर्को निर्देशन नआईन्जेल यहि खवस्थामा लकडाउनको पालान गराउन आफुहरु लाने उनले बताए ।








