• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

ओलीमाथि दोष थोपर्दै गौतमको राजीनामा

  •   शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पार्टीका सबै तहबाट राजीनामा दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै गौतमले लेखेको राजीनामा पत्रमा व्यक्तिगत सम्बन्ध राम्रो हुने अपेक्षासहित पार्टीका सबै तहबाट राजीनामा दिएको उल्लेख छ।

    उनी माधव नेपालले गठन गरेको नेकपा एसमा जाने भएका छन्। नेकपा एसले जनताको बहुदलीय जनवादलाई मूल कार्यनीति बनाउनुपर्ने अडान राख्दै आएका गौतमले सोही पार्टीमा प्रवेशको तयारी गरेका छन्। गौतमले नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई ओलीले पालना नगरेको आरोप लगाएका छन्।

    ‘नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई तपाईं (अध्यक्ष ओली) ले पालना गर्नुभएन। एमाले र माओवादी केन्द्रको साझा घोषणालाई पनि प्रधानमन्त्री भएपछि लागु गर्नुभएन’, गौतमले राजीनामा पत्रमा लेखेका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले ओलीले गरेका कामलाई पटकपटक असंवैधानिक भन्दा पनि उनी नसच्चिएको गौतमको आरोप छ।

    उनले ओलीमाथि जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीको विचार र मान्यताविपरीत संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई पालना नगरेको आरोप पनि लगाएका छन। ‘जननेता मदन भण्डारीको कम्युनिस्ट पार्टीले जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताविपरीत अध्यक्ष ओली चल्नुभयो’, गौतमको राजीनामा पत्रमा लेखिएको छ।

    कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यता र संविधानविपरीत ओलीले जनताको अत्यधिक बहुमतको जनादेशलाई लत्याउँदै दुईपटक प्रतिनिधिसभा भंग गरेको आरोप गौतमले लगाएका छन्। ‘तपाईंले अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीलाई पालना गर्नुभएन,’ गौतमको आरोप छ ।

    गौतमले ओलीमाथि राष्ट्रपतिलाई स्वेच्छाचारी बनाउन खोजेको र सहकर्मीहरूलाई पार्टीबाट निकालेको आरोपसमेत लगाएका छन्। ‘पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिएँ, तपार्ईंको कार्यशैली जनमुखी बनाउन धेरै पटक व्यक्तिगत रुपमा सुझावहरू दिएको थिएँ। तर, तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो,’ गौतमले राजीनामापत्रमा लेखेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.