काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन् ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा संवत् २०७८ साल भदौ २३ गते बुधबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।









