काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन धेरै लाइन र झन्झट बेहोर्नु नपर्ने जनाएको छ । गएको वर्ष नयाँ नोट वितरण नभए पनि यो वर्ष असोजको ४ गतेदेखि सबै बैंक तथा वित्तीय संस्थामा नयाँ नोट उपलब्ध हुनेछ ।
राष्ट्र बैंकले अहिले बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण भइरहेको र सर्वसाधारणले असोजको ४ गतेदेखि आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट नोट लिन सक्ने जनाएको छ । यसअघि व्यक्तिले लिने नयाँ नोट








