• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

ठिमुरामा फोहोर फाल्ने महानगरको निर्णयविरुद्ध स्थानीयवासी

  •   शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर महानगरपालिकाले नगरभित्रको फोहोर भरतपुर–१ ठिमुरास्थित त्रिशूली नदी किनारमा फाल्ने निर्णय गरेसँगै स्थानीयले विरोध जनाएका छन् । महानगरको बोर्ड बैठकले तत्कालका लागि ठिमुरामा फोहोर फाल्ने निर्णय गरेको भन्दै स्थानीयले महत्वपूर्ण धार्मिकस्थल देवघाट नजिक रहेको यस क्षेत्रमा फोहोर फाल्न नदिने भन्दै शनिबार बिहान विरोध जनाएका हुन् । त्रिशूली नदी किनारको करिब एक बिघा बगर क्षेत्रमा फोहोर फाल्ने भएपछि यसको स्थानीयबाट विरोध सुरु भएको हो ।

    ठिमुराका स्थानीयवासीले यहाँ फोहोर फाल्न हुँदैन भन्दा भन्दै महानगरपालिकाबाट पेलेर निर्णय गरेको ठिमुरा टोल विकास समितिका अध्यक्ष क्षेत्रबहादुर सुवेदी बताउँछन् । पटक पटक ठिमुरालाई हेपेर विभिन्न निर्णयहरु गर्ने गरिएको भन्दै सुवेदीले ठिमुरामा फोहोर फाल्न हुँदैन भनेर आफूहरुले स्थानीय प्रशासन, जिल्ला समन्वय समिति, महानगरपालिका लगायतका क्षेत्रमा ज्ञापनपत्र बुझाएको समेत बताए । ठिमुरामा फोहोर फाल्न नदिने विषयमा सबै स्थानीयहरु एकमुख लागेर विरोध गरिने सुवेदी बताउँछन् । “हामी पार्टीगत रुपमा कोही पनि छैनौँ, फोहोर फाल्न नदिने विषयमा एकजुट छैँ” सुवेदीले भने, “जो जुन पार्टीको भए पनि यो राजनीति गर्ने विषय होइन, हामी फोहोर फाल्न दिन्नौँ ।” यसअघि पनि भरतपुर महानगरपालिकाले ठिमुरामा पशु बधशाला निर्माण गर्ने भनेर निर्णय गरेको थियो ।

    ठिमुरावासी र देवघाटका धार्मिक अगुवाहरुले पशु बधशाला निर्माणको व्यापक विरोध जनाएपछि महानगरपालिका सो निर्णयबाट पछि हटेको थियो । केही दिन अगाडि ठिमुरामा फोहोर फाल्ने विषयमा छलफल गर्न भनेर मेयर रेनु दाहाल उपमेयर पार्वती शाह ठकुरी सहित सात÷आठ जना वडाअध्यक्ष ठिमुरा गएका स्थानीय लक्ष्मण अधिकारी बताउँछन् । छलफलमा सहभागी भएका सबैले महानगरको निर्णय ठाडै अस्वीकार गरेको भए पनि महानगरको बोर्ड बैठकबाट जबरजस्ती फोहोर फाल्ने निर्णय गरिएको अधिकारीको भनाइ छ ।

    फेरि आफूहरुको अस्तित्व संकटमा पर्नेगरी त्रिशूली किनारमा फोहोर फाल्ने तयारी भएपछि स्थानीयवासी एकजुट भएर विरोधमा उत्रिएको अधिकारीको भनाइ छ । महानगरपालिकाले बस्तीबाट करिब एक सय मिटर पर नदीकिनारमा फोहोर फाल्ने तयारी गरेको चिकित्सक एवं स्थानीयवासी डा प्रमोद लामिछाने बताउँछन् । महानगरले नौ महिनाका लागि त्रिशूली किनारमा लगेर फोहोर फाल्ने निर्णय गरेको भनेर सञ्चारमाध्यमबाट थापा पाउँदा आफूहरु अचम्मित भएको डाक्टर प्रमोद लामिछानेले समावेसी खबरलाई बताए । ठिमुरामा फोहोर फालिँदा धार्मिक हिसाबले मात्रै नभएर स्वास्थ्यका दृष्टिकोणबाट समेत अनुपयुक्त भएको लामिछानेले बताए ।

    “देवघाट भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धार्मिक महत्व बोकेको स्थान हो, धेरै नेपालीहरुको चासो, भरोसा र धार्मिक आस्था बोकेको ठाउँ हो” लामिछानेले भने, “ठिमुराबाट देवघाट केही किलो मिटरको दूरीमा पर्छ, अहिले फोहोर फाल्ने भनिएको ठाउँ बर्खामा बाढी आउँदा पूरै डुबाउने ठाउँ हो, त्यहाँ फोहोर फाल्ने भनेको हामी सम्पूर्ण नेपालीहरुको भावना विरुद्ध हुन्छ ।” ठिमुरामा फोहोर फालिएको खण्डमा नजिकै रहेको देवघाटमा स्नान गर्नेहरुको मात्रै नभएर नदी तटीय क्षेत्रको बासिन्दाको स्वास्थ्यमा समेत असर पर्ने लामिछानेले बताए ।

    ठिमुरावासीको पहुँच जिल्लास्तरमा नहुँदा महानगरपालिकाले अहिले पेलेर फोहोर फाल्न खोजेको आफूले बुझेको डा लामिछानेले बताए । फोहोर फाल्ने ठाउँको विषयमा विभिन्न प्रावधानहरु हुने भन्दै फोहोर फाल्ने स्थानमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्नुपर्ने, देवघाट क्षेत्र विकास समितिको पाँच किलोमिटरको क्षेत्रभित्र फोहोर फाल्न नहुने आफूले बुझेको भन्दै डा लामिछानेले ठिमुरामा फोहोर फाल्नु कुनै पनि हिसाबले उपयुक्त नहुने बताए । महानगरपालिकाले गरेको निर्णय लागू गर्नुपूर्व राम्रोसँग सोच्नुपर्ने लामिछानेको भनाइ छ ।

    भरतपुर महानगरपालिकाले फोहोर फाल्ने तयारी गरेको ठाउँ देवघाट क्षेत्र विकास समितिको भौगोलिक क्षेत्रभित्र पर्ने समाजसेवी एवं देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेल बताउँछन् । “देवघाट पूण्य भूमि, आध्यात्मिक भूमि र तपो भूमि हो, त्यसकारण यो ठिमुरा क्षेत्रमा फोहोर बिसर्जन गर्ने डम्पिङ साइट निर्माण गर्नुहुँदैन” पौडेलले भने, “यहाँ बधशाला बनाउनुह हुँदैन, डम्पिङ साइट बनाउनु हुँदैन भनेर हामी पहिलेदेखि लागेका छौँ ।”

    फोहोर फाल्ने विषयमा गुरुयोजना के बनेको छ त्यो विषयमा ठिमुरावासीसँग बसेर छलफल नगरेसम्म ठिमुरामा फोहोर फाल्ने निर्णय कार्यान्वयन नगराउन महानगरपालिका प्रमुखसँग अनुरोध गरेको पौडेलले बताए । “सरोकारवालासँग बसेर छलफल नगरी महानगरपालिकाले गोसाइँकुण्डबाट बगेर आएकी त्रिशूली नदीलाई दुर्गन्धित बनाउन लागेको खण्डमा हामी सबै धर्मावलम्बीहरु महानगरको विरुद्धमा जान बाध्य हुनेछौँ” पौडेलले भने । भरतपुर महानगरपालिकामा पछिल्ला केहि वर्ष फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

    विगत १५ वर्षदेखि भरतपुर महानगरपालिकाले नगरक्षेत्रबाट संकलन भएको फोहोर भरतपुर–३ को नगरवनमा फाल्दै आएकोमा स्थानीयले फोहोर फाल्न नदिएपछि भरतपुर–२४ मा फाल्न थालिएको थियो । भरतपुर–२४ मा पनि स्थानीयले अवरोध गरेपछि महानगरको फोहोर उठ्न सकेको छैन ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.