हेटौंडा । पहिरोको कारण शनिबार बिहानदेखी अवरुद्ध रहेको भिमफेदी–कुलेखानी सडक खण्ड खुलेको छ । भिमफेदी–कुलेखानी सडक खण्डको भिमफेदी–६ जुरीखेत र जुरीखेतभन्दा २०० मिटर तल गएको लेदोमाटो सहितको पहिरो हटाएपछि बिहानदेखी अवरुद्ध रहेको उक्त सडकखण्ड खुलेको इलाका प्रहरी कार्यालय भिमफेदी प्रहरी निरीक्षक राम बालक रायले बताएका छन्। दुवै स्थानको पहिरो हटाएपछि अवरुद्ध रहेको सडक दुवैतर्फी सुचारु भएको जनाइएको छ ।








