काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् । प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा विनियोजन विधेयक पारित भएपछि सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो ।
लगत्तै राष्ट्रपति भण्डारीले पारित गरेकी हुन् । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा सरकारले गत ३० भदौदेखि सरकारी कोषको रकम खर्च गर्न पाएको थिएन ।
अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यका अनुसार राष्ट्रपतिबाट प्रमाणीकरण भएकाले विनियोजन विधेयक अब ऐन बनेको छ । राजपत्रमा प्रकाशित भएपछि बजेट कार्यान्वयन सुरु हुनेछ । यो समाचार आजको राजधानी दैनिकमा छ ।








