• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

चितवनका ५२ द्वन्द्वपीडितका उजुरी छानविन हुँदै: आयोगका प्रवक्ता डा.अधिकारी

  •   सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगले चितवनबाट परेका ५२ वटा उजुरीहरुको छानविन गरिरहेको आयोगका प्रवक्ता डा.गंगाधर अधिकारीले जानकारी दिनुभयो । मानव अधिकार तथा शान्ति समाज चितवनले आइतवार गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले केही हप्तामै परिचय पत्र समेत वितरण गर्ने जानकारी दिनुभयो ।

    उजुरी परेकामध्ये केहीले परिचय पत्र पाइसक्नुभएको बताउँदै अन्यको पनि छानविन प्रकृया अन्तिम चरणमा पुगेको उहाँको भनाई थियो । द्वन्द्वका घाउ,पीडा र विछोडलाई मलम लगाउन आयोग गठन भएपनि प्रभावकारी काम हुन नसकेको स्वीकार गर्दै डा. अधिकारीले आयोगसँग सिफारिस गर्ने अधिकार मात्रै भएकाले समस्या भएको बताउनुभयो । पीडितलाई क्षतिपूर्ति दिन सिफारिस गरेपनि गृह,अर्थ लगायतका मन्त्रालयमा फाइल रिँगेको रिँगेई गर्दा पीडित थप आक्रोशित र अन्ययामा परिरहेको उहाँको भनाई थियो ।

    परिचय पत्र दिएपछि अन्तरिम राहत १० लाख रुपैया उपलब्ध गराउने अहिलेको नियम छ । तर उक्त क्षतिपूर्ति समयमै उपलब्ध गराउन पटक पटक भनेपनि प्रकृयागत लम्वाइले थप समस्या भएको बताउनुभयो । आयोगमा हालसम्म ३ हजार २४३ वटा उजुरी परेका छन् । डा. अधिकारीका अनुसार ३२ जना भेट्टाएर पनि परिवारको जिम्मा लगाइएको छ भने २ हजार ४ सय ९७ वटा उजुरीको विस्तृत अनुसन्धान जारी रहेका छन् । ती मध्ये १२ सय २७ जनाले भने अन्तरिम राहत स्वरुप १० लाख रुपैया पाएका छन् ।

    उजुरीपछिको अनुसन्धानका क्रममा पीडित र पीडक पहिचानलाई विशेष ध्यान दिने गरिन्छ । ३ सय परिवारका १ हजार जनालाई भने परिचय पत्र वितरण गरिसकिएको उहाँको भनाई छ । द्वन्द्वको समस्या समाधानका लागि सरकार,आयोग,राजनीतिक दल, सरोकारवालाहरु र पीडित पक्ष सवैबाट सहयोग भए चाँडै समाधान हुने बताउँदै आम माफी दिने गरी आफूहरुले काम नगर्ने र न्याय दिलाएरै छाड्ने उहाँको प्रतिवद्धता थियो । तर पीडित परिवारहरुले भने न आयोग न सरकारसँग न्यायको आशा रहेको बताएका थिए ।

    न्याय माग गर्दागर्दै थाकिसकेको र आयोगको म्याद थपिदै जाने, राज्यको खर्च बढ्ने तर पीडितहरुको भने उमेर मात्रै बढ्ने न्याय नपाउने लज्जाष्पद अवस्था आएको भन्दै निराशा व्यक्त गरेका थिए । हुन त आयोगको कामप्रति आयोग पनि सन्तुष्ट नरहेको भन्दै डा अधिकारीले राजनीतिक प्रतिवद्धता कार्यान्वयनमा पुगे समस्या समाधान हुने बताउनुभयो । २०७१ वैशाखमा ऐन आयो,माघमा आयोग गठन भयो,४ वर्ष ४ महिना काम भएर १० महिना पदाधिकारीविहिन हुन पुगेको सम्झदैउहाँले पुन २०७६ माघ ९ मा पदाधिकारी नियुक्ती गरिएको र अव चाँडै उजुरी माग गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

    मानव अधिकार तथा शान्ति समाज चितवनका अध्यक्ष सम्भु रावतको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारकर्मी राजेन्द्र पौडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सवैले सत्यतथ्य पत्ता लगाई पीडितलाई जतिसक्दो चाँडै न्याय दिलाउन आयोगसँग आग्रह गरेका थिए । आयोग पीडितका लागि भएको र सोही अनुसार जिम्मेवारी निभाउँदै निभ्दै गएको न्याय पाउने आशलाई जिवित बनाउन आह्वान गरेका थिए । परिवारका सदस्य नहुँदाको पीडा भोग्नेलाई मात्रै थाहा हुने भन्दै पीडितको पीडामा राजनीति नगर्न अनुरोध समेत गरे ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.