काठमाडौं । काठमाडौंबाट पोखराकका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता भएको छ । जहाजको ककपिटमा समस्या देखिएपछि पोखराका लागि उडेको जहाज काठमाडौं फिर्ता भएको हो ।
सोमबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१-९ एनजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले समस्या समाधान गरी जहाज पुनः पोखरा गएको जानकारी दिएको छ ।
काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएपछि आजै काठमाडौंमा फोर्स ल्यान्डिङ गरिएको छ ।








