• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

चोरी र पाकेटमारले भरिए काठमाडौं प्रहरीका हिरासत कक्ष

  •   मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोरी र पाकटेमारसँग सम्बन्धित व्यक्तिले भरिएका छन् । परिसर र उसको मातहत गरी काठमाडौं प्रहरीको १५ हिरासत कक्ष छन् । पर्वलक्षित चलाएको विशेष अपरेसनमा काठमाडौं प्रहरीले दुई सय सात चोरी र पाकेटमारसँग सम्बन्धित व्यक्ति पक्राउ गरेको छ ।

    २० दिनको अपरेसनपछि प्रहरीले ठूलो संख्यामा चोरी र पाकेटमारसँग सम्बन्धित अभियुक्त पक्राउ गरेको हो । उनीहरूमध्ये ४६ लाई पुपक्र्षका लागि कारागार चलान गरिएको छ । बाँकी एक सय ६१ विरुद्ध अनुसन्धान जारी छ । उनीहरूलाई अहिले मातहतका १५ हिरासत कक्षमा बाँडेर राखिएका छन् । पक्राउ पर्ने अभियुक्तको संख्या ठूलो, तर हिरासतकक्ष साँघुरो हुँदा उनीहरूको व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ । ‘२० दिनको अपरेसनमा हामीले दुई सय सात चोरी र पाकेटमार धन्दामा संलग्न अभियुक्त पक्राउ गर्‍यौं ।

    त्यसमध्ये ४६ जना जेलमा छन् । बाँकी हाम्रै हिरासत कक्षमा छन् । त्यसैले अहिले हाम्रा सबै हिरासतकक्ष चोरी र पाकेटमार धन्दामा संलग्न अभियुक्तले भरिएका छन्,’ काठमाडौं परिसर प्रमुख एसएसपी अशोक सिंहले भने । प्रहरीका अनुसार सबैभन्दा धेरै चोरी र पाकटेमार धन्दासँग सम्बन्धित अभियुक्त नयाँ बानेश्वर, महाराजगन्ज, बालाजु, बौद्ध, कलंकी क्षेत्रबाट पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अधिकांश सार्वजनिक बसका यात्रीलाई लुट्ने धन्दामा संलग्न रहेको देखिएको छ ।

    बाँकी सुनसान घर तथा डेरा चोरी गर्ने र भिडभाडको फाइदा उठाउँदै लुट्ने धन्दामा संलग्न छन् । ‘धेरै अभियुक्त नयाँबानेश्वर, महाराजगन्ज, बालाजु, बौद्ध, कलंकी क्षेत्रबाट पक्राउ परेका छन् । यसमा सबै वृत्तको सक्रिय भूमिका छ । विशेष गरी सार्वजनिक बसमा यात्रा गर्ने यात्रु लुट्नेहरू धेरै पक्राउ परेका छन्,’ एसएसपी सिंहले भने । परिसरका अनुसार पक्राउमध्ये अधिकांश पटके र केही नयाँ चोर र पाकेटमार छन् । पटकेहरू अन्य विभिन्न अपराधमा पनि संलग्न रहेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनीहरूलाई पुपक्र्षका लागि कारागार चलान गरिएको हो । प्रहरीले राजधानीमा सक्रिय र निष्क्रिय सबै टोलेगुन्डा तथा डनका गतिविधिमाथि पनि निगरानी बढाएको छ ।

    तर, उनीहरूलाई पक्राउ भने गरेको छैन । पर्वका वेला हुन सक्ने सम्भावित अपराध रोक्न प्रहरीले यो अपरेसन चलाएको एसएसपी सिंहले बताए । ‘यो पर्वको समय हो । यसवेला मौका ढुकेर बसेकाहरूले अपराध गर्न सक्छन् । विगतका घटनाले यसलाई पुष्टि गरेको छ । यस्ता घटना हुन नदिन हामीले अपरेसन चलाएका हौं’, उनले भने । नयाँ पत्रिका दैनिकबाट

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.