हेटौंडा । राप्ती खोलामा डुबेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेकी १६ वर्षीया सुनिता सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । उनको आज दिउँस मृत्यु भएको हो । जंगल गएकी उनको चप्पल खोलाले बगाएपछि लिन जाँदा उनलाई खोलाले बगाएको र दहमा पुगेपछि डुबेर ज्यान गएको हो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।








