हेटौँडा । पश्चिम रुकुम चौरजहारीमा भएको सामुहिक हत्याकाण्डको बिरोधमा स्वतन्त्र नागरिकहरुको जनदबाब अभियानले हेटौँडामा सुरु गरेको ५ दिने धर्ना तथा हस्ताक्षर अभियान मंगबारपनि जारी रहेको छ । हेटौँडाको मुख्य चोक बुद्धचोकमा भेला भएका पेशागत अधिकारकर्मीले आजपनि धर्ना तथा हस्ताक्षर अभियान जारी राखेका छन । दोषी कारवाही होस भन्ने उदेश्यले आइतबारबाट स्वतन्त्र नागरिकहरुको जनदबाब अभियानले सुरु गरेको अभियान ५ दिनसम्म संचालन हुने जनाइएको छ । कार्यक्रममा विभिन्न पेशागत अधिकारकर्मी, संचारकर्मी,स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।








