हेटौंडा । मकवानपुर प्रहरीले यात्रुहरु संग तोकिएको भन्दा बढी रकम लिएको भन्दै हेटौंडाको एक सुमो र चालकलाई नियन्त्रणमा लिएको छ ।
बुधबार यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिने सुमो चालक मकवानपुरको साबिक पदमपोखरी १ बस्ने बर्ष २९ को सुबास थिङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
बुधबार हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाण्डौ चल्ने ना १ ज ६६२४ नंबर को यात्रुवाहक सुमोलाई नियन्त्रणमा लिई बढी भाडा फिर्ता गरी उक्त सुमो र सुमो चालक थिङलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।








